Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई जिस्क्याउँदै सेयर बजार

आइतबार, २८ माघ २०७४, १५ : ५३ मा प्रकाशित

लगानीकर्तालाई जिस्क्याउँदै सेयर बजार

अर्थ संसार, काठमाडौं– कारोबार भएको ९ वटै समूह ओरालो लाग्दा नेप्से परिसूचक (आज) आइतबार १ हजार ३ सय ८० विन्दुमा पुगेको छ ।

बजार खुल्नासाथ ३ अंक माथि चढेको नेप्से परिसूचक विस्तारै ओरालो लाग्दै अन्यसम्म १ सय ३ सय ८० विन्दमा रोकिन पुगेको हो ।

सुरुवाती समयमा बजार ह्वात्तै बढेर लगानीकर्तामा आशा जगाएपनि विस्तारै त्यसरी नै घटेर लगानीकर्तालाई निराशा बनाएको छ ।

बजार ६.३२ अंकले घट्दा २४ करोड ४२ लाख ६८ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चन्ज (नेप्से) का अनुसार कूल १ सय ५९ वटा कम्पनीको ६ लाख ७० हजार ५ सय ८९ कित्ता सेयर खरिदविक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.१९ विन्दुले घटेको छ ।

कुन कम्पनी कतिले घटे ?

सामान्य अंकले घटेको धितोपत्र बजारमा बैकिङ २.६७, होटल ३.४, विकास बैंक ८.४६, जलविद्युत २२.४५, फाइनान्स २.६२, विमा ४०.२२, उत्पादन ५.५९, अन्य७.९८ र माइक्रोफाइनान्स १२.७४ अंकले घटेको छ । आज व्यापार समूहको भने कारोबार भएन ।

कमाउने र गुमाउने कम्पनीहरु  

घटेको बजारमा कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक, वर्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, बरुण हाइड्रोपावर लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशतले बढाएका छन् यता आरएसडिसी लद्युवित्त वित्तीय संस्था, मल्टपर्पस फिनान्स फाइनान्स कम्पनी आदिमा लगानी गर्ने लगानीकर्ताले आफ्ना आम्दानी केही प्रतिशत गुमाएका छन् ।

5a801930f22c4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको