Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीयलाई शिव श्री हाइड्रोले १४ लाख ७६ कित्ता सेयर आइपिओ दिने

आइतबार, २८ माघ २०७४, १६ : ४९ मा प्रकाशित

स्थानीयलाई शिव श्री हाइड्रोले १४ लाख ७६ कित्ता सेयर आइपिओ दिने

अर्थ संसार, काठमाडौं–  शिब श्री हाइड्रोपावर लिमिटेड सर्वसाधरण सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

कम्पनलिे  आयोजना प्रभावित स्थानीयका लागि आइपिओ निश्कासन गर्न लागेको हो । यसका लागि अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा २२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजना फुलपिङकटि र मारमाङ गाविसमा रहेको छ ।

१४ लाख ७६ हजार ४०० कित्ता सेयर निष्कासन गर्न

स्यानीयवासीको लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल

कम्पनीको साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको