Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा कायमै

सोमबार, २९ माघ २०७४, १८ : ०२ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा कायमै

अर्थ संसार, काठमाडौँ– लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.४२ बिन्दुले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३८० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७४ बिन्दुले घटेर २९२ बिन्दुमा पुगेको छ ।

आज कूल १५६ कम्पनीको छ लाख ८४ हजार २८ कित्ता सेयर रु २४ करोड ६७ लाख ६ हजार ७८१ मूल्यमा कारोबार भएको छ ।

आज व्यापार ४.७२, विकास बैंक ६.७६ र अन्य समूह ३.९३ बिन्दुले उकालो लागेको थियो भने बैंकिङ चार, होटल ९.२८, जलविद्युत् १.७४, फाइनान्स २.१६, बीमा ७३.०३, उत्पादन १४.६३ र माइक्रोफाइनान्स ६.७ बिन्दुले ओरालो लागेको छ ।

घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

5a81873160f9d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको