Like us!
Follow us!
Connect us!
Watch us!

शिवश्रीको आइपिओ आउँदै, पैसा ठिक पार्नुस

सोमबार, २९ माघ २०७४, १८ : ३२ मा प्रकाशित

शिवश्रीको आइपिओ आउँदै, पैसा ठिक पार्नुस

अर्थ संसार, काठमाडौँ–  शिवश्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार आयोजना प्रभावित ुिसन्धुपाल्चोक जिल्लाबासीलाई १० प्रतिशत सेयर निस्काशनको तयारी गरेको छ ।

कम्पनीले पहिलो चरणमा रु १४ करोड ७६ लाख ४० हजार बराबरको १४ लाख ७६ हजार ४ सय कित्ता साधारण सेयर जारी गर्ने तयारी गरिएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणलाई रु २० करोड बराबरको साधारण सेयर निस्काशन गर्ने तयारी गरेको छ । आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर दिनुपर्ने कानुनी प्रबन्धनका कारण कम्पनीले दुवै समूहलाई शेयर दिन लागेको हो ।

कम्पनीले साधारण सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । यस्तै कम्पनीले आगामी तीन महिना भित्र २२ मेगावाट क्षमताको माथिल्लो चाकुखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्ने छ ।

कम्पनीका प्रमुख उमेश कसजुकाअनुसार हाल आयोजनाको ९० प्रतशत बढी निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको लागत रु ४ अर्ब ३ करोड छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको