Like us!
Follow us!
Connect us!
Watch us!
कहाँबाट आवेदन दिने ?

बिहिबारदेखि वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्दै , दश प्रतिशत व्याज पाइने

बुधबार, ०२ फागुन २०७४, ११ : ३० मा प्रकाशित

बिहिबारदेखि वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्दै , दश प्रतिशत व्याज पाइने

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार वचतपत्र बिक्रीका लागि १३ बैंक तथा वित्तीय संस्थालाई जिम्मा दिएको छ । वचतपत्र भोलि विहिबारदेखि खुल्न लागेको छ ।

केन्द्रीय बैंकले सिटिजन्स बैंक, माछापुच्छे बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक, नविल बैंक, सनराईज बैंक र सेञ्चुरी कमर्शियल बैंकलाई बिक्री एजेन्टको रुपमा तोकेको हो  ।

यस्तै प्रभु मनी ट्रान्सफर, सेवा रेमिट, आईएमई लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई पनि वचतपत्र बिक्रीको एजेन्ट नियुक्त गरेको छ ।

भोलि बिहीबारदेखि रु २५ करोड बराबरको वैदेशिक रोजगार वचतपत्रको बिक्री खुला हुनेछ । यही फागुन २३ गतेसम्म उक्त वचतपत्र खरिद गर्न सकिने छ ।

बार्षिक १० प्रतिशत ब्याज पाइने, ६ महिनामा ब्याज भुत्तानी हुने, ५ वर्षमा साँवा फिर्ता हुने भएकाले उत्तः वचतपत्र आर्कषक रहेको छ ।

 वचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा समेत लिन सकिने भएकाले बहुआयामिक महत्वको रहेको बताइएको छ ।

वचतपत्र रोजगारीका शिलसिलामा मुलुक बाहिर गएका र रोजगारीबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक र गैरआवासिय नेपालीले रिद गर्न सक्नेछन् । यस्तै बाबु, आमा, छोरा छोरी, श्रीमतीले पनि त्यस्तो वचतपत्र खरिद गरिदिन सक्ने प्रबन्ध गरिएको छ ।

बैंक तथा वित्तीय संस्थामा व्याजको आशमा रकम राख्नु भन्दा वचतपत्र खरिद गर्नु उपयुक्त हुने विज्ञहरुको भनाइ छ ।

5a83cf060f1dd.jpg 5a83cf0d74267.jpg 5a83cf113bbc1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको