Like us!
Follow us!
Connect us!
Watch us!

शेयरमा आवेदन दिँदा गलत डिम्याट नम्बर त राख्नुभएन ?

बुधबार, ०२ फागुन २०७४, १५ : ४१ मा प्रकाशित

शेयरमा आवेदन दिँदा गलत डिम्याट नम्बर त राख्नुभएन ?

अर्थ संसार, काठमाडौं – तपाईले  बैक तथा वित्तीय संस्थाको आइपिओ वा एफपिओ खरिद गर्न आवेदन दिनुभएको छ । तपाईले आवेदन त दिनुभयो ।

तर तपाईले आनो डिम्याट खाता भनेको स्थानमा खाता नम्बर राम्ररी लेख्नु भएन वा लेखेको पनि सही लेख्नु भएन भने तपाईको आवेदन बालुमा पानी जस्तै हुनेछ ।

तपाई मैले पनि शेयर किनेको छु, मेरो पनि यत्ति कित्ता उत्ती कित्ता पर्छ भनेर ढुक्क भएर बस्नु भएको छ भने तपाई शतप्रतिशत गलत हुनुहुन्छ ।

पछिल्लो दिनमा प्रिमियर इन्स्योरेन्स, राधी हाइड्रो पावर, उन्नती माइक्रोफाइनान्सलगायतका शेयरमा डिम्याट नम्बर गलत भएका कारण करिब पाँच हजारको आवेदन रद्द भएको थियो ।

तपाईले आश्वा प्रणालीबाट शेयर आवेदन दिन बैंक खाता नंम्बर, डिम्याट नम्बर राम्ररी हेरेर आवेदन गर्नुस् होइन भने तपाईको शेयर नपर्ने सम्भावना शतप्रतिशत रहन्छ । तपाईले राम्रोसँग आनो सम्पूर्र्ण विवरण नभर्दा पनि तपाईको समय, तपाईको पैसा खेर गएको हुन्छ ।

तपाईले आफ्ना सबै विवरण राम्रोसँग भर्नु भएमात्रै शेयर पर्ने भउकाले त्यसमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको