Like us!
Follow us!
Connect us!
Watch us!

धेरै दिनपछि थामियो सेयर बजार

बुधबार, ०२ फागुन २०७४, १८ : ०६ मा प्रकाशित

धेरै दिनपछि थामियो सेयर बजार

अर्थ संसार, काठमाडौं– कारोबार भएको १० समूहमध्ये ७ वटा समूह उकालो लाग्दो आज पुँजिबजार १ हजार ३ सय ८८ विन्दुमा पुगेको छ ।

१ हजार ३ सय ८० विन्दुबाट ८ अंक सुधार गरी १ हजार ३ सय ८८ विन्दुमा पुग्न सफल भएको हो । ८.६५ अंकले बढेको सेयर बजारमा ३८ करोड ६४ लाख ८६ हजार २ सय ८ रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेन्ज अनुसार कूल १ सय ५५ वटा कम्पनीको ९ लाख ३१हजार २ सय १६ कित्ता सेयर खरिदविक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५१ अंकले बढेको छ ।

सामान्य अंकले बढेको बजारमा बैकिङ ५.६१, व्यापार ०.२६, होटल १०.३२, विकास बैंक २.७२, जलविद्युत १८.२, विमा १२१.५२ र माइक्रोफाइनान्स २०.५५ अंकले बढेको छ । यता फाइनान्स २.७९, उत्पादन ५.३६ र अन्य १.५४ अंकले घटेको छ ।

कमाउने र गुमाउने कम्पनीहरु  

पुँजिबजारमा उकालो लागेको दिन आरएसडिसी लद्युवित्त वित्तीय संस्था, प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी लिमिटेड लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशत बढाएका छन भने कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशतले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको