Like us!
Follow us!
Connect us!
Watch us!

ओली प्रधानमन्त्री भएपछि सेयर बजारमा आयो उछाल

विहीबार, ०३ फागुन २०७४, १५ : १२ मा प्रकाशित

ओली प्रधानमन्त्री भएपछि सेयर बजारमा आयो उछाल

धेरै समयपछि ३६ अंकको वृद्धि

अर्थ संसार, काठमाडौं– कारोबार भएको १० वटै समूह उकालो लाग्दा पूँजी बजार १ हजार ४ सय २५ विन्दुमा पुगेको छ । १ हजार ३ सय ८९ विन्दुबाट ३६ अंक सुधार भएर १ हजार ४ सय २५ विन्दुमा पुगेको हो ।

  नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १ सय ६५ वटा कम्पनीको १५लाख ६ हजार ६ सय ३४ कित्ता सेयर ६६ करोड ३९ लाख ५६ हजार २ सय ४९ रुपैयाँमा खरिदविक्री भएको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.७२ अंकले बढेको छ । कारोबार भएको सवै उपसमूहहरुमा हरियाली छाएको छ ।

आज बैकिङ ३१.३९, व्यापार ५.९९, होटल २२.९६, विकास बैंक ५५.५, जलविद्युत ४९.०४, फाइनान्स १७.५५, विमा २१३.९५, उत्पादन ५०.७५, अन्य ७.३६ र माइक्रोफाइनान्स ६२.९१ अंकले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड, अरुण फाइनान्स लिमिटेड र मेरो माइक्रोफाइनान्स  वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी ८ प्रतिशतबढीले बढाएका छन् ।

यता, एनएमवि म्यूचल फण्ड, सिर्जना फाइनान्स लिमिटेड लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशतले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको