अर्थ संसार, भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले वडा नं २ गठ्ठाघरस्थित पाँच कम्पनीमा आज एकै पटक शिलबन्दी गरेको छ ।
नगरपालिकाले गठ्ठाघरस्थित आइचर मोटर्स कम्पनी, एग्रोभेट खाद्यान्न भण्डार, ग्रिल कारखाना, गाडीको बडी बनाउने कारखाना र हाइड्रोपावर कम्पनीको हेभी सामग्री भण्डारण कक्षमा एकै पटक शिलबन्दी गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिग्रहण गरेर भाडामा दिएको १७५ रोपनी क्षेत्रफलमा सञ्चालित कम्पनीले करौडोको राजश्व छलेको, कम्पनी दर्ता नगरेको र नगरपालिकासँग स्वीकृति नलिई विभिन्न संरचना निर्माण गरेको जनाइएको छ ।
नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले आइचर कंले नगरपालिकालाई रु चार करोड ३४ लाख कर तिर्नुपर्नेमा नतिरी अटेर गरेको बताउँदै कर तिर्न र नगरपालिकाको नियमभित्र आउन गरिएको पत्राचारको बेवास्ता गरेपछि बाध्य भएर शिलबन्दी गर्नुपरेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख कमल ज्ञवालीले ती संस्थाले व्यवसाय दर्ता नगरेको र स्वीकृति नलिई विभिन्न संरचना बनाएको जिकिर गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, कानुन अधिकृत केशव सिलवाल, प्रशासन प्रमुख धनबहादुर श्रेष्ठ, इञ्जिनीयर सत्यनारायण साह, २ नं वडाध्यक्ष राम थापा, नगरपालिकाका कर्मचारी र प्रहरीसमेतको टोलीले शिलबन्दी गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस