Like us!
Follow us!
Connect us!
Watch us!
यहाँबाट आवेदन दिनुहोस्

कालिका पावरको आइपिओ भर्नुभयो ? आइतबार अन्तिम दिन

शनिबार, ०५ फागुन २०७४, १९ : ०५ मा प्रकाशित

कालिका पावरको  आइपिओ भर्नुभयो ? आइतबार अन्तिम दिन

अर्थ संसार, काठमाडौं–   कालिका पावर कम्पनी लिमिटेडलले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिनुभयो ? नदिएको भोली अर्थात आइतबार दिनु सक्नुहुनेछ । किन कि आइतबार आवेदन दिने अन्तिम दिन हो ।

कम्पनीले गोरखा जिल्लाका स्थानीय बासिन्दाका लागि खुला गरेको ६ लाख कित्ता आइपीओ माघ २१ गते निश्कासन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख कित्ता आइपीओ बिक्री खुला  भैरहेको छ ।

आवेदन दिन पाउने गाविसहरु

आयोजना प्रभावित गोरखा जिल्लाका तत्कालीन मुच्चोक, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथ कोट, ताप्ले, नारेश्वर गाविस र गोरखा नगरपालिका वडा नं ४, ५ तथा १३ का बासिन्दाहरुले ४० प्रतिशत (२ लाख ४० हजार कित्ता) र गोरखा जिल्लाका अन्य बासिन्दाहरुले ६० प्रतिशत (३ लाख ६० हजार कित्ता) सेयरका आगि आवेदन दिन सक्नेछन् ।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 कहाँबाट आवेदन दिने ?

 लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा तथा साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा, आरुघाट, घ्याम्पेसाल, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन् । यसमा आस्वाबाट सेयर भर्ने व्यवस्था गरिएको छैन । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको