Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा तिव्र उतारचढाव

आइतबार, ०६ फागुन २०७४, १५ : ३६ मा प्रकाशित

शेयर बजारमा तिव्र उतारचढाव

अर्थ संसार, काठमाडौं– सातको पहिलो दिन आज (आइतबार) पूँजिबजार तव्र उतारचढाव आएको छ ।

बजार शुरु देखि एकाएक उकालो लागेर १४४४.५७ विन्दुमा पुगेको बजार  ह्वात्तै घटेर अन्त्यमा  १४१३.२३ विन्दुमा रोकिएको छ ।

कारोबार शुरु भएको ११ बजेसम्म उकालो लागेको बजार ११ बजेपछि विस्तारै घट्न थालेको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार ११.०५ अंकले घटेको बजारमा ५९ करोड ६ लाख ६० हजार १२ रुपैयाँको कारोबार भएको छ ।

कूल १ सय ५९ वटा कम्पनीको १४ लाख २९ हजार ३ सय ५९ कित्ता शेयर खरिदविक्री भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूच समेत २.१४ अंकले घटेको छ । आज उत्पादन समूह बाहेक अरु सवै समूहहरु राताम्मै भएका छन् ।

बैकिङ २.८३, होटल ३८.६४, विकास बैंक २१.५८, जलविद्युत ३४.२६, फाइनान्स ८.१५, विमा १०७.४८, अन्य ९.९६ र माइक्रोफाइनान्स ३०.३२ अंकले घटेको छ । यता उत्पादन समूह भने ९.६९ अंकले बढेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुत्त भएको दिन (विहीबार) शेयर बजारमा उछाल आएपनि आज त्यस्तो हुन सकेन ।

बामगठबन्धनको सरकार आएसँगै शेयर बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताले विश्वास गरेका थिए ।

तर, आजको शेयर बजारलाई हेर्दा त्यस्तो देखिएन । झण्डै दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

5a894ddaee4a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको