Like us!
Follow us!
Connect us!
Watch us!

फागुन १५ देखि आरम्भ माइक्रोफाइनान्सको आइपिओ निष्काशन

मंगलबार, ०८ फागुन २०७४, १३ : ४१ मा प्रकाशित

फागुन १५  देखि आरम्भ माइक्रोफाइनान्सको आइपिओ निष्काशन

अर्थ संसार, काठमाडौं– आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको फागुन १५ गतेदेखि आइपिओ निश्कासन हुने भएको छ।

कम्पनीले कुल २ लाख ९४ हजार कित्ता साधारण शेयर  निष्काशन गर्न लागेको हो। जसमा ३ प्रतिशत अर्थात ८ हजार ८२० कित्ता सेयर कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात १४ हजार ७ सय कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ।

२ लाख ७० हजार ४८० कित्ताका लागि सर्वसाधारणको आवेदन माग गरिएको हो। छिटोमा फागुन २१ गते र ढिलोमा २९ गतेमम्म आवेदन दिन सकिनेछ। न्यूनतम ५० तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ।

एनआइसी एशिया क्यापिटल बबरमहल, आरम्भ माइक्रोफाइनान्स बनेपा र सि आस्वा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत आइपिओमा आवेदन दिन सकिनेछ।

संस्थाको प्राथमिक शेयर निष्काशनपछि संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत हिस्साको चुक्ता पुँजी कायम हुनेछ।

यो पनि पढ्नुहोस्

शेयरका शव्दावली जान्नुहोस्, अनि मात्र बजारमा छिर्नुहोस्

अरुण भ्याली हाइड्रोपावरले शत प्रतिशत हकप्रद निश्काशन गर्ने

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको