Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार दुवैमा गिरावाट

मंगलबार, ०८ फागुन २०७४, १७ : ०८ मा प्रकाशित

नेप्से र कारोबार दुवैमा गिरावाट

अर्थ संसार, काठमाडौं- कारोबार भएको १० समूहमध्ये ८ वटा कम्पनी ओरालो लाग्दा पुँजीबजार १ हजार ३ सय ९७ विन्दुमा पुगेको छ ।

दिउँसो ११ः २५ बजे  १हजार ४ सय २३ विन्दुमा पुगेको बजार विस्तारै घट्दै बजार १ हजार ३ सय ९७ विन्दुमा पुगी रोकिएको हो ।

नेपाल स्टक एक्स्चेन्ज अनुसार १७.१८ अंकले घटेको बजारमा ४० करोड ५८ लाख ९६ हजार ६ सय ७७ रुपैयाँको कारोबार भएको छ । कूल १ सय ६० वटा कम्पनीको १० लाख १९ हजार ६ सय ९० कित्ता सेयर खरिदविक्री भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.६६ अंले घटेको छ । दोहोरो अंकले बघेटेको बजारमा बैकिङ १५.३९, व्यापार ३.०४, विकास बैंक १८.२८, जलविद्युत २५.४२, फाइनान्स २.८८, विमा ११०.५६, उत्पादन ५०.२६ माइक्रोफाइनान्स ३७.५१ अंकले घटेको छ ।

यता होटल ३,३५  र अन्य ०.३८ अंकले बढेको छ ।

घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a8c085f69782.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको