Like us!
Follow us!
Connect us!
Watch us!
किन अटेर गर्दै आएका छन् प्रतिष्ठानहरु

बोनस रकम जम्मा नगरे कारवाही गर्ने श्रम कार्यालयको चेतावनी

बुधबार, ०९ फागुन २०७४, १४ : २३ मा प्रकाशित

बोनस रकम जम्मा नगरे कारवाही गर्ने श्रम कार्यालयको चेतावनी


अर्थ संसार, काठमाडौं – राष्ट्रियस्तरको कल्याणकारी कोषले कर्मचारीको बोनस तथा सामाजिक सुरक्षाका लागि जम्मा गरेको रकम जम्मा नगरेपछि कडा कारवाहीको तयारी गरिएको छ ।

 उद्योग प्रतिष्ठानहरुले बोनस रकमको विवरण र बोनस रकम जम्मा नगरेपछि ताकेता सुरु गरेपछि कारवाहीको सम्भावना बढेर गएको हो ।  कोषले बोनस रकमको विवरण नबुझाउने त्यस्ता प्रतिस्ठानलाई ७ दिन भित्रमा विवरण बुझाउन अल्टिमेटम दिएको हो ।

श्रम ऐन २०७४ मा उल्लेख नभएकाले रकम जम्मा गर्नु नपर्ने भन्ने भ्रममा नपर्न प्रतिष्ठानलाई कोषले सचेत समेत समेत गराएको एक सूचनामा उल्लेख छ ।

आर्थिक वर्ष सकिनु भन्दा पहिले नै प्रतिस्ठानले रकम जम्मा गर्नु पर्ने व्यवस्था रहेको छ । तर आर्थिक वर्ष सकिएको ६ महिना सकिसक्दा पनि प्रतिष्ठानले रकम जम्मा नगरेपछि अल्टिमेटम दिनु परेको कोषले जनाएको छ ।

बोनस ऐन २०३० अझै क्रियशिल रहेको र बोनस नियामावली २०३९ को नियम १२ अनुसार प्रतिष्ठानले रकम वितरण गरिरहेको तर त्यसको कुनै पनि जानकारी नदिएपछि कोषले रकम जम्माका लागि तत्परता देखाएको हो । त्यस्ता प्रतिष्ठानले वितरण गरेको बोनसको विवरण ७ दिन भित्र सम्बन्धित श्रम कार्यलयमा बुझाउनु पर्ने कानुनी प्रबन्ध छ ।

साथै कोषले बोनस ऐनको दफा १३ अनुसार १ महिना भरिमा बोनस रकम कोषको खातामा जम्मा गर्न सूचना मार्फत आग्रह गरेको छ । कानून बमोजिम रकम जम्मा नगरे कारबाही प्रक्रिया अगाडी बढाउने कोषले चेतावनी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको