अर्थ संसार, काठमाडौँ – चिलिमे जलविद्युत् कम्पनीको सहायक दुई कम्पनीको सिमित साधारण शेयर (आइपिओ) यही शुक्रबारदेखि बिक्री खुल्ला भएको छ ।
चिलिमे कम्पनीका सहायक कम्पनी रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत् कम्पनीले आजदेखि साधारण शेयर बिक्री गरेको हो ।
रसुवामा १११ मेगावाट क्षमताको रसुवागढी र ५७।३ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् ।
रसुवागढीले संचयकोषका संचयकर्ताका लागि रु १०० दरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गर्नेछ । संचयकर्ताले खरिद गर्ने सेयरबाट रु १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय उठाउने लक्ष्य छ ।
यसैगरी, सान्जेन जलविद्युत् कम्पनीले सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ८७ करोड ६० लाख बराबरको ६८ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको छ ।
विसं २०६८ मंसिरमा कायम भई गत मंसिर २६ गतेसम्म बहाल कर्मचारीले रसुवागढी र साञ्जेनको सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।
कहाँबाट आवेदन दिने ?
यी दुई जलविद्युत कम्पनीको साधारण शेयर ९आइपिओ० आवेदन दिनको लागि सञ्यकर्ताहरुले अनिवार्यरुपमा डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र सी—आश्वा प्रणाली मार्फत आवेदन गर्नु पर्ने व्यवस्था गरिएको छ ।
धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकको काम नागरिक लगानी कोषले गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस