Like us!
Follow us!
Connect us!
Watch us!

साताभरी एक अर्ब ७० करोडको कारोबार

शनिबार, १२ फागुन २०७४, १९ : १९ मा प्रकाशित

साताभरी एक अर्ब ७० करोडको कारोबार

अर्थ संसार,  काठमाडौ– धितोपत्र बजारमा यस साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा १०.७५ प्रतिशतले बढी हो । गत साता १७९ कम्पनीको ३७ लाख ९२ हजार चार सय ७० कित्ता शेयर रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६.९२ अंकले घटेर अन्तिम दिन १३८६.९८ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.९१ अंकले  घटेर २९३.२५ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

सो बैंकको रु ११ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका  आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको तीन लाख ६४ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । स्टककाअनुसार यस साता सानिमा इक्वीटी फण्डको १३ करोड इकाइ साधारण शेयर सूचीकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको