Like us!
Follow us!
Connect us!
Watch us!
अन्तिम कहिले र कहाँबाट आवेदन दिने ?

९ कम्पनीको हकप्रद शेयर बिक्री खुल्ला (सूचिसहित)

मंगलबार, १५ फागुन २०७४, ११ : २० मा प्रकाशित

९ कम्पनीको हकप्रद शेयर बिक्री खुल्ला (सूचिसहित)

अर्थ संसार, काठमाडौं– बजारमा ९ वटा कम्पनीको हकप्रद शेयर धमाधम विक्री भैरहेको छ ।

बजार ग्रिन डेभलपमेन्ट बैंक, प्रभु बैंक, कर्णाली विकास बैंक, लुम्बिनी विकास बैंक लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड, कामना सेवा विकास बैंक, नेको इन्स्योरेन्स, सिद्धार्थ बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बजारमा विक्री भैरहेको छ ।

कुन कम्पनीको कति ?

एशियन लाइफ इन्स्योरेन्स कम्पनी

यस कम्पनीको हकप्रदको बिक्री फागुन १३ गते आइतवारदेखि विक्री खुल्ला भएको छ । एसियन लाईफले १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६.२० कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

बीमा समितिको निर्देशन बमोजिम २ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि २ बराबर १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका शेयरधनीले मात्रै हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । हकप्रद शेयरमा फागुन १३ गते देखि चैत्र १८ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका शेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

 ग्रिन डेभलपमेन्ट बैंक

बैंकको हकप्रद शेयर माघ २ गतेदेखि खुल्ला गरेको छ । सो हकप्रद शेयर माघ २ देखि फागुन २३ गतेभित्र भरिसक्नु पर्ने बैंकले जनाएको छ । बैंकको हाल कायम रहेको चुक्ता पूँजी १० करोडको एक शेयर बराबर चार शेयर (१ः४) को अनुपातमा १०० अंकित मूल्य दरमा ४० लाख कित्ता हकप्रद साधारण शेयर पुस १६ गतेसम्म कायम रहेको शेयरधनीहरुले मात्र भर्न पाउने जनाएको छ ।

ग्रिन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय, लक्ष्मी क्यापिटल लिमिटेड बानेश्वर, लक्ष्मी बैंकका शाखा कार्यालयहरु महाराजगंज, कलंकी, पुल्चोक, पर्साको विरगंज, मोरङको विराटनगर, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा, चितवनको नारायणगढ, बाँकेको नेपालगन्ज, कैंलालीको धनगढी, धनुषाको जनकपुर, सुनसरीको इटहरी, झापाको दमक, सुनसरीको धरान, सिरहको लहान, स्याङ्जाको वालिङ, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही, महोत्तरीके जलेश्वर, सल्यानको श्रीनगर, दोलखाको चरिकोट, का्रभेको बनेपा, तनहुँको दमौली, मकवानपुरको हेटौंडा, आश्वा सदस्य बैंक र वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद शेयर भर्न पाइनेछ ।

 प्रभु बैंक

बैंकले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । प्रभुले १० बराबर ४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको हो बैंकको हकप्रदमा पुस २० गतेसम्म कायम शेयरधनीले माघ ७ गतेदेखि फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ रहेको छ । उक्त ४० प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रदमा आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्था, सनराईज क्यापिटल लिमिटेड कमल पोखरी, प्रभु बैंकको प्रधान कार्यालय साथै बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

 कर्णाली विकास बैंक

बैंकले १ बराबर २.२५ अनुपातमा अर्थात २२५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । बैंकको हकप्रदमा पुस १९ गतेसम्म कायम शेयरधनीले माघ ११ गतेदेखि फागुन १६ गतेसम्म शेयरमा आवेदन दिन सक्नेछन् । हाल १५ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद निष्कासनपश्चात पूँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यका ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँके तथा बैंकका अन्य शाखा कार्यालय र प्रभु बैंकका शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल र धनगढीबाट समेत आवेदन दिन सकिनेछ ।

त्यस्तै नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट पनि बैंकको हकप्रदमा आवेदन दिने सकिने बैंकले जनाएको छ ।

लुम्बिनी विकास बैंक लिमिटेड

बैकको १० बराबर १ (१०ः२) अनुपात अर्थात १० प्रतिशत हकप्रद शेयर माघ ११ गतेदेखि निष्काशन गरेको छ । यसका शेयरधनीहरुले फागुनको १६ गतेभित्र आवेदन दिईसक्नुपर्नेछ । कम्पनीले शेयरधनीका लागि प्रति शेयर १ सय अङ्कित दरको २० लाख ८ हजार ८ सय ७८ दशमलव शून्य ४७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ८८ लाख ७८ हजार ४६८ कित्ता शेयर छ । बैकले हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटलाई नियुक्ति गरेको छ ।

हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, लुम्बिनी विकास बैंक र यसका शाखा कार्यालय, भिवोर क्यापिटल लिमिटेड कृष्ण गल्ली ललितपुर र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आश्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

श्री इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड

कम्पनीले १० बराबर ८.३ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ । फाइनान्सको हकप्रदमा पुस २९ गतेसम्म कायम शेयरधनीले माघ १५ गतेदेखि फागुन २० गतेसम्म शेयरमा आवेदन दिन सक्नेछन् ।

हाल फाइनान्सको ३४ करोड ५४ लाख ४८ हजार ८७० रुपैयाँ चुक्तापूँजी रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यका २८ लाख ६७ हजार २२५ दशमलव वैसठ्ठी कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल काठमाडौं रहेको छ ।

हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड डिल्लीबजार काठमाडौं तथा यसका शाखा कार्यालयहरु, नेपाल धितोपत्र वोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आस्वा प्रणाली मार्फत समेत आवेदन लिदन सक्ने फाइनान्सले जनाएको छ ।

 कामना सेवा विकास बैंक

बैंकले माघ १५ गतेदेखि हकप्रद शेयर निष्कासन गरेको छ । बैंकले १० बराबर १.५ अनुपातमा अर्थात् १५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले १५ प्रतिशतले हुन आउने ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्कासन गरेको हो ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट पुस २३ गते स्विकृत पाएको थियो । यसैगरी इक्रा नेपालले बैंकले जारी गर्न लागेको हकप्रद शेयरका लागि ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्षलाई औसतभन्दा तल रहे पनि प्लस ग्रेडले सुधारत्मक स्थितिमा रहेको बुझाउँछ ।

बैंकले निष्कासन गर्न लागेको उक्त हकप्रद शेयरमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने छ । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

चालू आवको पहिलो त्रैमामा रु. २ अर्ब ५ करोड ८२ लाख २१ हजार चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा रकम रु. ८३ करोड १० लाख ६० हजार रहेको छ । यस कम्पनीले रु. २० लाख खुद नाफ कमाएको छ । हकप्रद शेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ पुग्ने छ ।

 नेको इन्स्योरेन्स

इस्योरेन्सको माघ २६ गते देखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले २ः१ अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यको ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यो हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन् । नेकोको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । त्यस्तै, आस्वा सेवा प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ ।

 सिद्धार्थ बैंक

बैककले फागुन २ गतेदेखि १० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ६८ लाख २६ हजार ११७.१९ कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद चैत ६ गतेसम्म भर्न पाइनेछ ।

माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड, नयाँ बानेश्वर काठमाडौं तथा सिद्धार्थ बैंकको मुख्य कार्यालयसहित अधिकांश शाखाबाट पनि हकप्रद भर्न पाइनेछ ।

त्यसैगरी, सिद्धार्थ क्यापटिल लिमिटेड तथा आस्वा सदस्य बैंकहरु र तिनका शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । बैंकले चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजार रुपैयाँको १० प्रतिशत हकप्रद निष्कासन गरेको हो । १०५ हकप्रदपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड ८७ लाख २८ हजार ८७० रुपैयाँ पुग्नेछ ।

सिद्धार्थ बैंकले १०५ हकप्रदको कल इन एड्भान्सलाई समेत जोडेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ अर्ब ५ करोड ६५ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी देखाएको छ । यस्तै, बैंकले गत वर्षको कमाईबाट १४५ बोनस वापत ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ पनि वितरण गर्दैछ ।

सिद्धार्थले चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजारलाई आधार मानेर बोनस सेयर दिन लागेको हो । हकप्रद र बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको