Like us!
Follow us!
Connect us!
Watch us!
थोरै नाफाको पछाडि लाग्दा बजार घट्यो

शेयर बजारमा अर्थ मन्त्री खतिवडालाई हरियो झण्डाले स्वागत

मंगलबार, १५ फागुन २०७४, १६ : ४६ मा प्रकाशित

शेयर बजारमा अर्थ मन्त्री खतिवडालाई हरियो झण्डाले स्वागत

अर्थ संसार, काठमाडौं– अर्थ मन्त्री डा. युवराज खतिवडालाई पुँजी बजारले  हरियो झण्डाले स्वागत गरेको छ ।

लगातार ओरालो लागेको बजारमा आज ५.८६ अंकले माथि चढी नयाँ अर्थ मन्त्री खतिवडालाई हरियो झण्डाले स्वागत गरेको हो ।

कारोबार भएको १० वटा समूहमध्ये ५ वटा समूह माथि लाग्दा बजार ५ अंक सुधार गरी १३६४.५० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १ सय ५३ वटा कम्पनीको ११ लाख ५१ हजार ९ सय ६५ कित्ता सेयर खरिदविक्री ५५ करोड ६८ लाख ६० हजार ३ सय ५७ रुपैयाँमा कारोबार भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५१ अंकले बढेको छ । बजारमा सामान्य अंकले बढेपनि सोचजस्तो नबढेको बजार विश्लेषकहरु बताउँछन् ।

ह्वात्तै बढेर १३७७ विन्दुमा पुगेको बजार विस्तार घटेर १३६४ विन्दुमा झरेको थियो । कारोबाहीहरु प्रतिकित्ता २०\३० रुपैयाँ आउँदा बेच्न दौडिनुले पनि बजार घट्नुका मुख्य कारण रहेको छ ।

कुन बढे, कुन समूह घटे ?

५.८६ अंकले बढेको बजारमा बैकिङ ५.६८, होटल ३१.२६, फाइनान्स ३.०३ र माइक्रोफाइनान्स ०.९८ र अन्य ११.९ अंकले बढेको छ ।

यता विकास बैंक ०.३७, हाइड्रोपावर १.१६, विमा २.६२ र उत्पादन १०.४१ अंकले घटेको छ ।

बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a953c0a381d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको