Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशीको २ अर्ब ६४ करोडको आईपीओ आउँदै

बुधबार, १६ फागुन २०७४, १२ : २१ मा प्रकाशित

माथिल्लो तामाकोशीको  २ अर्ब ६४ करोडको आईपीओ आउँदै

अर्थ संसार, काठमाडौं–माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले साधारण शेयर (आइपिओ) निस्काशन गर्ने भएको छ ।

यसका लागि कम्पनीले आगामी चैतको १५ गतेदेखि आईपीओ बिक्रीको तयारी छ । कम्पनीले आयोजना प्रभावित दोलखाबासीका लागि कुल जारी पुँजीको १० प्रतिशत शेयर बिक्री गर्नेछ । त्यो भनेको १ अर्ब ५ करोड ९० लाख बराबरको शेयर हो । अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता दोलखाबासीलाई बिक्री गरिनेछ ।

यस्तै आम सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिनेछ । ‘आईपीओ बिक्रीका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठ बताउनुभयो ।

कहाँबाट र कति आवेदन दिने ?

आयोजना प्रभावित दोलखा जिल्लाबासीलाई शेयर खरिदमा सहयोग गर्न सहकारी संस्थामा पनि आवेदन दिन पाउने गरी व्यवस्था मिलाइएको छ ।

कम्पनीका अनुसार स्थानीय दोलखाबासीले न्यूनतम ३० कित्ता शेयर आवेदन दिन पाउनेछन् भने अधिकतम् ३ सय कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कुल आवेदनको आधारमा ३ प्रतिशत अतिप्रभावित, १४ प्रतिशत प्रभावित र १ प्रतिशत शेयर कम प्रभावितलाई वितरण गर्ने तयारी छ ।

कम्पनीले शेयर विक्रीको लागि लगानी कोष र सनराईज क्यापिटललाई नियुक्त गरेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको