Like us!
Follow us!
Connect us!
Watch us!

डा खतिवडालाई पत्याएन धितोपत्र बजारले, दोहोरो अंकले ओरालो

बुधबार, १६ फागुन २०७४, १६ : ३७ मा प्रकाशित

डा खतिवडालाई पत्याएन धितोपत्र बजारले, दोहोरो अंकले ओरालो

अर्थ संसार, काठमाडौँ – नयाँ सरकार गठन भएपछि बजार बढ्ने आशामा रहेका लगानीकर्ता नराम्ररी निराश भएका छन् ।

लगातार घट्दै आएको बजारमा मंगलबार केही आशाको सञ्चार भएको थियो । तर आज बुधबार नेप्से परिसूचक १८.८२ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज दोहोरो अंकले ओरालो लागेर एक हजार ३४५ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.७८ बिन्दुले घटेर २८५ अंकमा पुगेको छ ।

आज सबै उपसूचक घटेर न्यूनतम बिन्दुमा पुगेको छ । बैंकिङ १४.२९, व्यापार ६.४२, होटल २८, विकास बैंक १८.४६, जलविद्युत् २८.८७, फाइनान्स ९.३७, बीमा १५१.२२, उत्पादन ४.६६ र अन्य समूह १०.१५ बिन्दुमा पुगेको छ ।

आज कूल १६० कम्पनीको १३ लाख ३७ हजार ३३७ कित्ता शेयर रु ५४ करोड ३४ लाख ३१ हजार ५८३ मा कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको