Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको शेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

विहीबार, १७ फागुन २०७४, १० : २३ मा प्रकाशित

नेको इन्स्योरेन्सको शेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

अर्थ संसार, काठमाडौं–कम्पनीले चालू आव २०७४/७५ को दोस्रो त्रैमाससम्ममा रू.११ करोड ६५ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ५८ दशमलव ८४ प्रतिशतले बढी हो । कम्पनीको आम्दानी बढेकाले नाफा बढेको हो । दोस्रो त्रैमासमा कम्पनीको चुक्तापूँजी १ सय ४२ प्रतिशतले बढेर रू. ७८ करोड ४१ लाख पुगेको छ । जगेडा कोषमा रू.२५ करोड ९३ लाख छुट्याएको छ भने बीमा कोषमा रू. ३४ करोड २६ लाख जम्मा भएको छ ।

साथै बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएको थियो । सोही अनुसार यस कम्पनीले २ बरावर १ अनुपातमा माघ २६ गते देखि हकप्रद शेयर जारी गरिरहेको छ । सो हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४ सय पुग्नेछ ।

वर्गिकरणः बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ५६४
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २३००
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ४०४
१८० दिनको भारित औसत मूल्यः रू. ८५८.५९

कम्पनीको महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः रमेश कुमार निरौला
प्रमुख कार्यकारी अधिकृतः विश्वराम तिमिला
प्रधान कार्यलयः अनामनगर, काठमाडौं
शाखाः ३८
वेबसाइटः www.neco.com.np
स्टक स्टिकरः एनआईएल

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

लाभांश विवरण

आधारभूत विश्लेषण 
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा २२ दशमलव ६३ प्रतिशतबाट घटेर १४ दशमलव ८५ प्रतिशतमा सिमित भएकोे छ । कम्पनीको खुद चालू सम्पत्ति रू. २ अर्ब २२ करोड र चालू दायित्व रू. १ अर्ब २१ करोड २५ लाख रहेको छ ।

  • कम्पनीले पुस मसान्तसम्ममा रू. ८० करोड ९८ लाख बीमाशुल्क आर्जन गरेको छ । दीर्घकालिन लगानी तथा कर्जा रू. ४२ करोड ५७ लाख रहेको छ ।

  • कम्पनीले पुस मसान्तसम्ममा रू. १९ करोड ३४ लाख आम्दानी गर्दा रू. ७ करोड ६९ लाख खर्च गरेको छ ।

  • कम्पनीले कुल दाबी भुक्तानी १ हजार ९ सय ७७ जनालाई रू. ३१ करोड ८२ लाख गरेको छ भने १ हजार १ सय ९७ जनालाई रू. ३५ करोड ४८ लाख दाबी रकम भु्क्तानी गर्न बाँकी रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी(वार्षिक) रू. २९ दशमलव ७२, मूल्य आम्दानी अनुपात २८ दशमलव ४६, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ३ सय ६४ दशमलव ४९ र प्रतिशेयर नेटवर्थ रू. २ सय ९ दशमलव ८६ रहेको छ । बुधवार मूल्य नेटवर्थको साढे २ गुणा छ ।

प्राविधिक विश्लेषण

  • खरीद चापः कम्पनीको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप १ गुणा बढी रहेको छ । सो अवधिसम्म २ हजार ४ सय ९३ कित्ता शेयर खरीद र १ हजार ८ कित्ता विक्री गर्ने माग रहेको थियो ।

  • बुधवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

२९ नोभेम्बर २०१७                                                                                                                                                       २८ फेब्रअरी २०१८

स्ट्याण्डर्ड डेभिएशन

२९ नोभेम्बर २०१७                                                                                                                                                  २८ फेब्रअरी २०१८

आरएसआई

२९ नोभेम्बर २०१७                                                                                                                                                  २८ फेब्रअरी २०१८

मुभिङ एभरेज

२९ नोभेम्बर २०१७                                                                                                                                                २८ फेब्रअरी २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ५७ दिनको कारोबारमा अन्तिम दिन सानो पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य घट्ने सङ्केत गर्दछ ।

  • आरएसआईः कम्पनीको ५७ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन(३२ दशमलव ५० स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५७ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ७ दशमलव शून्य २ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ५७ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यभन्दा तल छ । यदि हालको मूल्य रू. ५ सय ६४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ९ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू. ५ सय २५ मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको