अव चुनावमा भोट हाल्ने दिन आउनका लागि ८ दिन मात्रै बाँकी छ । आजको ८ औँ दिनमा देशभर संघीय संसदका लागि निर्वाचन हुँदैछ । नियमित रुपमा चुनाव भए २०८४ हुने थियो । तर, भदो २३ र २४ गतेको जेन्जी विध्वंश पछि संसदले आफ्नो कार्यकाल पुरा गर्न नपाउँदै अघिनै चुनाव हुन लागेको हो ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा ३ हजार ४०६ जना उम्मेदावर मैदानमा रहेका छन् । यो निर्वाचनमा तीन जना पूर्व प्रधानमन्त्रीहरु निर्वाचनको मैदानमा रहेका छन् । १ जना पूर्व प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनावी मैदानमा छन् भने २ जना पूर्व प्रधानमन्त्रीहरु भने अघिल्ले चुनाव क्षेत्रमा निर्वाचन होमिएका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो पटक चुनाव क्षेत्र परिवर्तन गरेर रुकुम पूर्व पुगेका छन् । यो क्षेत्र तत्कालिन माओवादीको जनयुद्धको आधार इलाका हो । नाम परिवर्तन गरेर माओवादीको आधार इलाकामा पुगेका प्रचण्डलाई त्यो क्षत्रेमा पूर्व सहकर्मी जनार्दन शर्माको पार्टीका उम्मेदावरले चुनौति दिने देखिन्छ । यो जिल्लामा शर्माको निकै प्रभाव रहेको मानिन्छ । प्रचण्डले यस अघिको चुनावमामा गोरखा क्षेत्र नम्बर २ बाट २६ हजार १०९ मत ल्याएर विजयी भएका थिए ।
त्यस्तै सोही पार्टीका सह संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रौटहड क्षेत्र नम्बर १ बाट चुनावि मैदानमा रहेका छन् । उनी यस अघिको चुनावमा सोही क्षेत्रबाट विजयी भएका थिए । अघिल्लो चुनावमा उनी ३३ हजार ५२२ मत ल्याएर विजयी भएका थिए । अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा एमालको अध्यक्ष केपी ओली झापाको क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा रहेका छन् । उनी यस अघि पनि त्यो क्षेत्रबाट जित्दै आएका थिए ।
यी तीन जना पूर्वप्रधानमन्त्रीहरुको निर्वाचन क्षेत्रमा अघिल्लो चुनावमा उनीहरुकै पार्टीको मत धेरै देखिन्छ । नेपालको निर्वाचन प्रणाली अनुसार कुनै पनि क्षेत्रमा सबै भन्दा धेरै मत ल्याउने व्यक्ति नै निर्वाचित हुने व्यवस्था रहेको छ । तर, पछिल्लो समय फेरिएको चुनावी माहोलका कारणले उनीहरुको विजयी यात्रामा पनि थप चुनौति थपिएको छ । पछिल्लो समय जेनजी आन्दोलनका कारण सत्ताबाट बाहिरिएका ओलीलाई झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साह चुनौतिका रुपमा देखिएका छन् । ओलीको अलोकप्रियता र बालेनेको लोकप्रियता बीचको यो चुनावी भिडन्तलाई अहिले निकै चासोका साथ हेरिएको छ ।
राष्ट्रिय राजनीतिमा अहिले सबै भन्दा बढी चर्चा हुने निर्वाचन क्षेत्र नै झापा ५ हो । किने भने यहाँ दुई प्रधानमन्त्रीका प्रत्यासीहरु मैदानमा रहेका छन् । एमालले आफ्ना अध्यक्ष केपी ओलीलाई नै आगामी नेतृत्वका लागि अघि सारेर चुनावी मैदानमा होमिएको छ । रास्वपा पनि बालेनलाई भावि प्रधानमन्त्रीको रुपमा घोषणा गरेर निर्वाचनमा होमिएको छ । यसले एकै क्षेत्रमा दुई प्रधानमन्त्रीका दाबेदार भिड्दा उनीहरुमध्ये एक जना संसद प्रवेश गर्नबाट बञ्चित हुने निश्चित छ ।
अघिल्लो चुनावको कुरा गर्दा त्यो क्षेत्रमा एमालेका अध्यक्ष केपी ओली भारी मतान्तरका साथ विजयी भएका थिए भने समानुपातिक मतमा पनि त्यो क्षेत्रमा एमाले अघि रहेको देखिन्छ । तर पछिल्लो समय अवस्था फेरिएकाले उनले यस अघि पाएको मत कायमै रहन्छ भन्ने कुनै ग्यारेन्टि छैन । अघिल्लो चुनावमा झापा ५ मा एमालेका उम्मेदावर केपी ओलीले ५२ हजार ३१९ मत पाएका थिए । त्यो क्षेत्रबाट समानुपातिकमा एमालेले २३ हजार ४११ मत पाएको थियो । रास्वपाले भने त्यो क्षेत्रबाट अघिल्लो चुनावमा समानुपातिकमा १५ हजार १६० मत पाएको थियो ।
झापा ५ मा गौरादह नगरपालिका वडा नम्बर १ देखि ८ सम्म, गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३,४,५ र ६ नम्बर वडा, दमक नगरपालिका वडा नम्बर १ देखि १० सम्म र कमल गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्मका वडाहरु पर्छन । यो क्षेत्रका २९ वटा वडामध्ये १९ वटा वडामा अघिल्लो पटकको स्थानीय चुनावमा एमाले विजयी भएको देखिन्छ । अन्य वडामा भने अन्य राजनीतिक दलहरु विजयी भएका छन् । आफूले जीतेका वडाको मत जोगाउन सकेको खण्डमा एमाले त्यहाँ विजयी हुन सक्छ । नयाँको लहरमा मत बदलिएको खण्डमा भने ओलीलाई चुनाव जित्न निकै हम्मेहम्मे पर्ने देखिन्छ ।
यता अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको क्षेत्रमा क्षेत्रमा ४० वटा वडा रहेका छन् । यी वडामध्ये तत्कालिन एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्र गरि २३ वडामा विजयी भएका छन् । त्यो क्षेत्रमा माधव कुमार नेपालले यस अघिको स्थानीय चुनावमा खसेको मत जोगाउन सकेको खण्डमा उनी विजयी हुन सक्ने देखिन्छ । तर, स्थानीय तहको चुनावको संघीय चुनाव निकै फरक हुने हुन्दा उनलाई पनि चुनौति भने निकै छ । यो क्षेत्रमा माधवनारायण नगरपालिका वडा नम्बर १ देखि ९ नम्बर वडा, दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ देखि ५ र गढीमाइ नगरपालिका वडा नम्बर ६,७ र ८ नम्बर वडा पर्छन । त्यस्तै गरुडाको १ नम्बर वडा, यमुना गाउपालिकाको १ देखि ५ नम्बर वडा, राजदेवी नगरपालिकाका १ देखि ९ र गौर नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका वडाहरु पर्छन् । यो क्षेत्रमा अघिल्लो पटक माधव कुमार नेपाल विजयी भएका थिए ।
सधै निर्वाचन क्षेत्र बदलिरहने छवि बनाएका प्रचण्ड यस पटक भने रुकुम पूर्वबाट चुनावी मैदानमा रहेका छन् । तत्कालिन माओवादीको आधार इलाकाका रुपमा रहेको त्यो क्षेत्र उनले सुरक्षित देखेर नै त्यहाँ गएको विश्लेषण राजनीतिक वृत्तमा हुने गरेको छ । त्यो क्षेत्रमा यस अघि तत्कालिन माओवादी नै विजयी हुने क्षेत्र हो । त्यहाँका स्थानीय तहहरुको वडागत मत परिणाम हेर्दा त्यहाँ माओवादी निकै बलियो देखिन्छ । तर पछिल्लो समय प्रचण्डका सारथी जनार्दन शर्माले साथ छोडेपछि त्यो क्षेत्रमा प्रचण्ड कमजोर भएको विश्लेषण पनि हुने गरेको छ । त्यसमाथि शर्माले रुकुम पूर्व र पश्चिम दुवै क्षेत्रमा एमालेसँग तालमेल गरेकाले पनि प्रचण्डलाई बढी चुनौति हुने देखिन्छ । यदि पूर्व माओवादीलाई परेको मत उनले पाउने सकेको खण्डमा भने उनको जित सुनिश्चित जस्तै देखिन्छ ।
यो क्षेत्रमा रुकुम पूर्वका उथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका र सिस्ने गाउँलालिकाका सबै वडाहरु पर्छन । प्रचण्डाको क्षेत्रमा कुल ३१ वटा वडा रहेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार यी ३१ वडामध्ये माओवादी २२ वटा वडामा विजयी भएको छ । एउटा वडामा भने माओवादीको उम्मेदवार नै थिएनन् । यसरी हेर्दा त्यो क्षेत्रमा प्रचण्डले आफ्नो पूर्व पार्टी माओवादीको मत जोगाउन सकेको खण्डमा भने जित सुनिश्चित नै देखिन्छ ।
यी पूर्व प्रधानमन्त्री मात्रै होइन अबको केही दिन भित्रै नेपालका १६५ प्रत्यक्ष र ११० समानुपातिक सांसदको छिनोफानो हुने छ । यसका लागि भने फागुन २१ गतेको निर्वाचन कुर्नु पर्ने हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस