Like us!
Follow us!
Connect us!
Watch us!

भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

अर्थ संसार

विहीबार, १४ साउन २०८३, ११ : ३३ मा प्रकाशित

भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख ८५ हजार ३८६.३५ कित्ता सेयरको लकइन अवधि भदौ १७ गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनीहरूको ५० लाख ८६ हजार ९९.२५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातहरूको ६ लाख ७८ हजार २३९.९० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूको २० हजार ३४७.२० कित्ता सेयरको लकइन अवधि सकिने भएको हो ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्मका लागि संस्थापक सेयरधनीले लगानी गरेको सेयरका साथै आयोजना प्रभावित र कम्पनीका कर्मचारीहरूमा बाँडफाँड गरिएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ ।

लकइन अवधि सकिएसँगै भदौ १८ गतेदेखि उक्त शेयर नियमित रूपमा कारोबार गर्न सकिनेछ । तर सञ्चालकहरू तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको