Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफलले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिने

आइतबार, ०४ चैत्र २०७४, ११ : ५० मा प्रकाशित

नेपाल लाइफलले  १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिने

अर्थ संसार, काठमाडौं–  नेपाल लाइफ इन्स्योरेन्सले  १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने भएको छ ।

यस इन्स्योरेन्सले आगामी चैत २८ गते १८ औं वार्षिक साधारणसभा आह्वान गर्दै त्यहाँ कम्पनीको पूँजी संरचनामा परिवर्तन गरी १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको हो ।

हाल यो कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरको संरचना ७०ः३० को अनुपातमा रहेको छ । कम्पनीले यसलाई परिवर्तन गरी ६०ः४० बनाउन लागेको हो ।

वीरगञ्जको होटल भिष्वामा आह्वान गरिएको साधारणसभामा संचालक समितिले यसअघि प्रस्ताव गरेको ४२ प्रतिशत बोनस सेयर र २८।५३ प्रतिशत नगद लाभांश समेत स्वीकृत हुनेछ । हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । बोनस स्वीकृतपछि चुक्तापूँजी बढेरु ४ अर्ब ३९ करोड माथि पुुग्नेछ ।

यसैबीच, नेपाल लाइफले साधारणसभा प्रयोजनका लागि चैत १४ देखि २८ गतेसम्म बुक क्लोज हुने प्रष्ट पारेको छ । यसको अर्थ नेपाल लाइफको साधारणसभा सहभागी हुन, घोषित लाभांश पाउन चैत १३ गतेसम्म यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २७ करोड ९६ लाख खूद नाफा आर्जन गरेको छ ।

यो पनि पढ्नुहोस्

एनसीसी बैंकको अपिल – ‘निक्षेपकर्ता, सेयरधनी र ग्राहकहरु निश्चिन्त हुनुहोस ’ 

गरे के हुन्न ! १ वर्षमै घट्यो १० प्रतिशत चुहावट 

दलालपूँजीवादले घेरिएको अर्थतन्त्र र बाम सरकार

सोलको मूल्यमा जुत्ताचप्पल किन्ने अबसर, भृकुटीमण्डपमा अहिलेसम्मकै ठूलो मेला (फोटोफिचर) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको