अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज (आइतबार) कारोबार भएको सवै समूह आरोलो लाग्दो नेप्से १२७९ विन्दुमा पुगेको छ ।
बजार ९.४ अंकले घट्दा कारोबार रकम भने विहीबारको भन्दा केही सुधार भई ३० करोड ४ लाख ७९ हजार ७ रुपैयाँको कारोबार भएको छ ।
गत विहीबार २३ करोडको कारोबार भएको थियो । १ सय ५२ वटा कम्पनीको ८ लाख ३३ हजार ९८६ कित्ता सेयर खरिदविक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९१ अंकले घटेको छ ।
शुक्रबार भएको एनएससी घोटला प्रकरणले यति खेर लगानीकर्तामा त्रास पैदा भएको छ । सुरक्षित स्थान बैंकमा जम्मा गरिएको पैसा बैंकका पदाधिकारीहरुले जथाभावि प्रयोग गरेको घटन बाहिर आउने क्रम बढेपछि लगानीकर्ता बजारमा लगानी गर्न झन त्रासमा परेका छन् । यसको असर सेयर बजारमा प्रत्यक्ष परेको सेयर विज्ञहरु बताउँछन्।
एनसीसी बैंकसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी र पदाधिकारीहरु मिलेर १ अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दूरुपयोग गरेका थिए ।
आज बैंक ६.५५, होटल ७०.७६, विकास बैंक ११.९२ हाइड्रोपावर ३३.१३, फाइनान्स २.१३, विमा ५२.४, उत्पादन २६.१५, माइक्रोफाइनान्स १०.९२ र अन्य १.३२ अंकले घटेको छ ।
घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस