Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सको सेयर किन्दा कति फाइदा ? हेरौं, कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण

सोमबार, ०५ चैत्र २०७४, ०८ : ०७ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सको सेयर किन्दा कति फाइदा ? हेरौं, कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं–कम्पनीको २०७४/७५ आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले रू. ४ करोड ६ लाख खुद नाफा कमाएको छ ।

यो नाफा अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३ दशमलव ६७ प्रतिशतले बढी हो । अघिल्लो आवमा रू. ३ करोड ९२ लाख नाफा कमाएको थियो ।

कम्पनीले रू. ७ करोड ९ लाख आम्दानी गरेकोले नाफा बढेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३० करोड २४ लाख रहेको छ । कम्पनीले बीमा कोषमा रू. १९ करोड ५४ लाख राखेको छ । कम्पनीले पुुस मसान्तसम्ममा रू. २६ करोड ९७ लाख बीमाशुल्क आर्जन गरेको छ भने प्रतिशेयर आम्दानी रू. १३ दशमलव ४६ रहेको छ ।

वर्गिकरणः बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ८९५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १७१०
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३४१
१८० दिनको भारित औसत मूल्य: रू. ११७७.६३

कम्पनीको महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः उदय कृष्ण उपाध्याय
प्रमुख कार्यकारी अधिकृतः शेखर बराल
प्रधान कार्यालयः ट्रेड टावर, थापाथली काठमाडौं
शाखाः ३०
वेभसाइटः www.unitedinsurance.com.np
स्टक सङ्केतः युआईसी

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

आधारभूत विश्लेषण 
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १२ दशमलव ९७ प्रतिशतबाट बढेर १३ दशमलव ४५ प्रतिशत पुगेको छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रू. १२ करोड ९० लाख रहेको छ ।

  • कम्पनीले महाविपत्ती कोषमा रू. ६९ लाख १४ हजार छुट्याएको छ । जगेडा कोषको रकम रू. ४ करोड ९० लाख ८५ हजार ऋणात्मक रहेको छ ।

  • कम्पनीको खुद चालू सम्पत्ति रू. १ अर्ब ४९ करोड ८२ लाख र चालू दायित्व रू. १ अर्ब २० करोड ७ लाख रहेको छ ।

  • कम्पनीले पुस मसान्तसम्ममा ७ करोड ९ लाख आम्दानी गरेको छ भने रू. ३ करोड २ लाख ८८ हजार खर्च गरेको छ ।

  • कम्पनीले कुल ९ सय ८४ जनालाई रू. १७ करोड ५२ लाख ५१ हजार दाबी रकम भुक्तानी गरेको छ भने १ हजार ७ सय ५० जनालाई रू. ४२ करोड ८८ लाख ४६ हजार दाबी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी १३ रूपैयाँ ४६ पैसा, मूल्य आम्दानी अनुपात ९६ दशमलव २३, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ५ सय ५० रूपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ५० रूपैयाँ ६८ पैसा रहेको छ । आइतवारको मूल्य नेटवर्थको ६ गुणा छ ।

प्रावधिक विश्लेषण

  • खरीद चापः कम्पनीको आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ६ गुणा बढी रहेको छ । सो अवधिसम्म ३ हजार ८ सय ३० कित्ता शेयर विक्री गर्ने माग र ६ सय ३४ कित्ता विक्री गर्ने माग रहेको थियो ।

  • आइतवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

१७ डिसेम्बर २०१७                                                                                                                                                                 १८ मार्च २०१८

स्ट्याण्डर्ड डेभिएशन

१७ डिसेम्बर २०१७                                                                                                                                                                  १८ मार्च २०१८

आरएसआई

१७ डिसेम्बर २०१७                                                                                                                                                                    १८ मार्च २०१८

मुभिङ एभरेज

१७ डिसेम्बर २०१७                                                                                                                                                             १८ मार्च २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारोबोजु आकृती बनेको छ । यस आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने सङ्केत देखाउँछ ।

  • आरएसआईः कम्पनीको ५७ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (३० दशमलव ०५स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५७ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ११ दशमलव ०७ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ५७ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । यदि हालको मूल्य रू. ८ सय ९५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९ सय २० मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ८ सय ६६ मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको