अर्थ संसार, काठमाडौं– साताको दोस्रो दिन (आज) सोमबार पुँजीबजारमा नेप्से र कारोबार दुवैमा गिरावाट आएको छ ।
कारोबार भएको १० वटा समूहमध्ये ७ वटा समूह ओरालो लाग्दा नेप्से १२७९ विन्दुबाट ९ अंकले घटि १२७० विन्दुमा रोकिएको छ । ८.४४ अंकले घटेको बजारमा २६ करोड ६२ लाख ७३ हजार १२० रुपैयाँको कारोबार भएको छ ।
तरलता अभाव कायमै रहेको र दोस्रो बजारबाहेक पनि अन्य लगानी सम्भावना प्रशस्त रहेका कारण सेयर बजारमा खासै रौनक आउन सकोको छैन ।
सरकारले स्वेतपत्रमार्फत सेयर बजारमा पनि सम्बोधन गर्ने कुरा आएको भएपनि सो आई नसकेको सन्दर्भमा बजारमा लागनीकर्ताको विश्वास बढ्न सकेको छैन ।
अर्थमन्त्रीले आफूले सेयर बजारका बारेमा नकरात्मक टिप्पणी नगरेको कुरा बारम्बार आइरहेको भएपनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन ।
सरकारको सेयर बजार मैत्री नीति कुरेको बजारमा सोमबार कूल १५२ वटा कम्पनीको ७ लाख ७१ हजार ९९४ कित्ता सेयर खरिदविक्री भएको छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.७९ अंकले घटेको छ छ । घटेको बजारमा व्यापार १.३६, उत्पादन १.८ र अन्य ३.५१ अंकले बढेको छ ।
यता बैकिङ ८.८५, होटल ३२.२८, विकास बैंक ८.७९, जलविद्युत २२.१८, फाइनान्स २.०४, विमा ५०.३२ र माइक्राफाइनान्स १०.३५ अंकले घटेको छ । कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस