अर्थ संसार, काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १३.५२ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बुधवार अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश प्रस्तावसहित चैत २६ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले बिहीवार बुक क्लोज गर्ने भएकाले बुधवार नै सेयर सुरक्षित गर्नुपर्ने भएको हो ।
बोनस शेयरसँगै कम्पनीले कर प्रयोजनार्थ ३६ लाख ५९ हजार ७ सय ४९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभामा पेश गर्नेछ । सभा बिहान १० बजे नक्साल बैङ्क्वेट, नक्सालमा शुरु हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस