Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा राधी बिद्युतको कारोबार खुल्यो, सिम्बल RADHI

सोमबार, १२ चैत्र २०७४, ११ : १७ मा प्रकाशित

नेप्सेमा राधी बिद्युतको कारोबार खुल्यो, सिम्बल RADHI

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) मा आज सोमबारदेखि राधि बिद्युत कम्पनी लिमिटेडको शेयर कारोबार सुचारु भएको छ ।

पहिलो कारोबारको लागि नेप्सेले १३३ रुपियाँ ६६ पैसा देखि ३ सय ९७ रुपियाँ ९८ पैसाको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको कारोबार RADHI सिम्बलबाट हुने नेप्सेले जनाएको छ ।

नेप्सेमा गत आइतबार कम्पनीको ४१ लाख कित्ता सेयर सुचिकृत भएको थियो । कम्पनीले पुस ३ गते देखि  ७ करोड ६४ लाख रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर बिक्रि खुला गरेको थियो ।

राधि बिद्युत कम्पनीले ४.४० मेगावाटको राधि सानो हाइड्रोपावर परियोजना संचालन गरिरहेको छ। यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।

राधिको अधिकृत पुंजी १ अर्ब ५० करोड छ। कम्पनीको जारि पुंजी ४१ करोड छ। जारि पुंजी मध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ। सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको सेयर संरचना संस्थापक तर्फ ७५ प्रतिशत, आयोजना प्रभावित १० प्रतिशत र साधारण तर्फ १५ प्रतिशत रहेको छ।

5ab887d1ad3ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको