Like us!
Follow us!
Connect us!
Watch us!

बजार घटिरहँदा समेत यी कम्पनीको सेयरमा लगानीकर्ताको बढी चासो

सोमबार, १२ चैत्र २०७४, ११ : ३७ मा प्रकाशित

बजार घटिरहँदा समेत यी कम्पनीको सेयरमा लगानीकर्ताको बढी चासो

अर्थ संसार, काठमाडौं– धितोपत्र बजार निरन्तर ओरालो लागिरहेको छ । तथ्य कारण जे जस्ता भएपनि बजार भने नराम्ररी प्रभावित भएको छ ।

तर बजार निरन्तर ओरालो लागिरहेको बेला पनि केही कम्पनीले भने राम्रै आम्दानी र  राम्रै कारोबार गरिरहेका छन् ।

निरन्तर सेयर बजार ओरालो लागिरहँदा लगानीकर्ता सेयर किन्न व्यग्र प्रतीक्षामा रहेका छन् ।

घटेकै मूल्यमा थप मूल्य कम गरेर मात्र लगानीकर्ता सेयरमा थप लगानी गर्न इच्छुक देखिएका छन् ।

नेपाल स्टक एक्चेन्जकै सूचीअनुसार हेर्ने हो भने केही कम्पनीका सेयरमा लगानीकर्ताको अधिक आकर्षण रहेको छ ।

चिलिमे जलविद्युत् आयोजना, स्वावलम्बन विकास बैङ्क, छिमेक लघुवित्त विकास बैङ्क, एभरेस्ट बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क, कृषि विकास बैङ्क, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बङ्गलादेश बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको शेयरको बढी माग र बिक्री भइरहेको छ ।

निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अझ तीव्र गतिमा झरेको छ । तर ती कम्पनीको शेयरमा भने लगानीकर्ताको बढीइ भरोसा देखिएको छ ।

यो पनि पढ्नुहोस्

नेप्सेमा राधी बिद्युतको कारोबार खुल्यो, सिम्बल RADHI 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको