अर्थ संसार, काठमाडौं– विगतलामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आम लगानीकर्ताहरुमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असरप्रति नेपाल इन्भेष्टर्स फोरमको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको पूँजीबजारको इतिहासमा सबै भन्दा बढि पूँजीकृत रकम रु. ८ खर्व ३६ अर्व गुमाउदा सरकार र यसका अन्य निकायहरु मौन रहनुले १५ लाख भन्दा बढि लगानीकर्ताहरु मर्माहत भएका छन् ।
मूलूकले दशकौको राजनीतिक अन्योललाई पार गर्दै अबका दिनमा मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरुमा अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरु बेखबर जस्तै रहनुले भनाई रगराईमा फरक रहेको स्प्रष्ट देखिन्छ ।
विगतमा जिम्मेवार निकायहरुको अदुरदर्शी नीतिका कारण आज मुलुकले गम्भिर रुपमा लगानी योग्य पूँजी तथा तरलताको अभाव खेपिरहेको छ । सोहि गलत नीतिको कारणले पूँजीबजारमा आपूर्ति बढ्न गएको तर आपूर्ति कै कारणले बजार घटबढ नभई जिम्मेबार निकायहरुको पूँजीबजार प्रतिको दृष्टिकोण र कमजोर प्रबिधि, पूर्वाधार तथा लगानीकर्ता मैत्री ऐन कानूनहरु नहुनु नै प्रमुख रुपमा जिम्मेवार भएको नेपालइन्भेष्टर्स फोरमको ठम्याइ रहेको छ ।
विगतमा लगानीका अन्य क्षेत्रहरु सुसुप्त रहेको अवस्थामा बिधार्थी देखि शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म, गृहणी देखि सेवा निवृत ब्यक्तिहरुसम्म,ठुला ब्यबसायिक घराना देखि साना ब्यबसायीहरुले आफ्नो बचत तथा ऋण रकमलाई यसै क्षेत्रमा लगानी गरेको कुरा विगत ५ बर्षको तथ्थांकबाट प्रष्ट देख्न देखिन्छ ।
निरन्तर रुपमा घटिरहेको बजारको कारण र सोको निराकरणका बिषयमा सम्बन्धित क्षेत्र मौन रहनुले पूँजीबजार मार्फत ब्यबसायिक क्षेत्रमाप्रवेश गर्न चाहनेलाखौ लगानीकर्ताहरु निरुत्साहीत भएका छन् ।
पूँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाइएका देहायका मागहरुको यथा समयमा सम्बोधन नहुनु हाल पूँजीबजार निरन्तर घट्नुको अर्को कारण हो । देशलाई समृद्ध बनाउन र सेयर बजार प्रतिजनताको आकर्षण बढाउनको निम्ति तथा लगानी सुरक्षाको आभास दिलाई सेयर बजारको विश्वसनियता बढाउनका निम्ति देहायकामागहरु यथाशिघ्र सम्बोधन गरियोस् ।
-
सम्झौता गरिएको अवधीभित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागु गर्ने ।
-
ब्रोकरको संख्यातथा क्षेत्र धिकार विस्तार गरी वाणिज्य बैंकहरुलाई समेत ब्रोकर लाईसेन्स दिई कारोबार गर्ने सूविधाविस्तार गर्ने ।
-
गैर आवशीय नेपालीहरुलाई पूँजीबजारमाप्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने ।
-
धितोपत्रबोर्ड, नेप्से,सिडिएससि लगायतका निकायको क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधि मैत्री बनाउने ।
-
नेप्सेको संरचनागत सूधार र नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागि तत्काल कार्य अगाडी बढाउने ।
-
ब्रोकर सेवा शुल्क तथा ब्रोकरको प्रवेश र वर्हिगमनलाई अन्तराष्ट्रिय स्तरमा प्रचलित मान्यता अनूरुप वनाउने ।
-
सेयर कर्जामाल गाईएको पूँजीगत जोखीमको भार १०० प्रतिशतमा झार्ने ।
-
सेयर धितो कर्जामा कर्जाको सिमाबजार मूल्यको ७० प्रतिशत पु¥याउने ।
-
ब्रोकर मार्फत शेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउने ।
-
सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन नियम तत्काल निर्माण गरि कार्यान्वय नगर्ने ।
-
मार्केट मेकर र धितोपत्र ब्यापारीलाई छिटो भन्दा छिटो हालको बजारमा प्रवेश गर्ने वातावरण बनाउने ।
-
सर्ट सेलिङ्ग, अन्तर दिन कारोबारको व्यवस्था गरी चाँडो भन्दा चाँडो लागू गर्ने व्यवस्था मिलाउने ।
-
हाल कायम रहेको ३ दिनको राफसाफलाई १ दिन वा कारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्था मिलाउने ।
-
सूचीकृत कम्पनीहरुले प्रदान गर्ने बोनस शेयर बार्षिक साधारण सभा सम्पन्न भएको ७दिन र हकप्रद शेयर बाँडफाँडको भएको ७ दिनभित्र सूचिकृत गर्ने ब्यवस्था गर्ने ।
-
हकप्रद र बोनस शेयरहरु प्रदानगर्ने कम्पनीहरुको धितोमा ऋण लिएका ऋणीहरुको हकमा सो शेयर सुचिकरण नगरिने समयसम्मको लागि बुक क्लोज हुने दिनको मुल्यलाई नै आधार मुल्य मान्ने ब्यबस्था गर्ने ।
-
डेबेञ्चर तथाबोण्ड मार्केटलाई ब्यबस्थीत तथा तरल बनाउने ।
-
फाईनान्सीयल डेरिभेटिभको कारोबार संचालनमा ल्याउने ।
-
नेपाल स्टक एक्सचेञ्ज र नेपालधितोपत्रबोर्डले लगानीकर्ताबाट प्राप्त कमिशनको १५ प्रतिशत रकम लगानीकर्ता सचेतना कार्यक्रममा खर्च गर्नु पर्ने ।
-
वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकायको ब्यबस्था गर्ने ।
आर्थिक समृद्धिको अभियानलाई मुर्तरुप दिनआवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्पआधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरु तथा निकायहरुअझ बढी गम्भिर हुन र हाम्रामागहरु समयमा नै सम्बोधन गर्नु बाहेक अन्य विकल्प नरहेको अवगत गराएको छ ।
फोरमका उक्तमागहरु ७ दिनभित्रमा सम्बोधन नभएमा नेपालइन्भेष्टर्स फोरमले पूँजीबजारको बिकास र लगानीकर्ताहरुको हकहितको सुरक्षाको लागि चरणवद्ध आन्दोलनको कार्यक्रम गर्र्ने फोरमका अध्यक्ष अमिबका प्रसाद पौडेले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस