अर्थ संसार, काठमाडौं– कारोबार भएको १० वटा समूहमध्ये ९ वटा समूह उकालो लाग्दा नेप्से १२०७.५३ विन्दुमा पुगेको छ । हिजा सोमबार बजार ५१.८९ अंकले घट्दा नेप्से ११६८.५५ विन्दुमा पुगेको थियो ।
सोमबारको तुलनामा नेप्से (आज) मंगलबार २९ अंकको सुधार भएको छ । ३९.१६ अंकले बढेको बजारमा १६६ वटा कम्पनकिो १५ लाख ४६ हजार ६० कित्त सेयर ५१ करोड १५ लाख ५३ जार ६८७ रुपैयाँमा विक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ८.०९ अंकले बढेको छ ।
दोहोरो अंकले बढेको बजारमा बैकिङ ३३.२७, होटल १२६.२६, विकास बैंक ४१.७, जलविद्युत ६१.७७, फाइनान्स २.४३, विमा २९३.८६, उत्पादन १४.७६, माइक्रोफाइनान्स ६५.५ र अन्य ३.८८ अंकले बढेको छ । यता व्यापार समुह भने ३.१३ अंकले घटेको छ । सवै भन्दा विमा समूह बढेको छ भने अन्य समूह कम अंकले बढेको छ ।
बढेको बजारमा एनएमवि माइक्रोफाइनान्स वित्तीय संस्थालिमिटेड, ओरियण्टल होटल लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड आदि लगायतका लगानीकर्ताले आफ्नो आम्दानी झण्डै १० प्रतिशतले बढाएका छन् ।
यता जानकी फाइनान्स लिमिटेड, विजय लद्युवित्त वित्तीय संस्था लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड लगायतका लगानीकर्ताले आफ्ना आम्दानी केही प्रतिशतले गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस