Like us!
Follow us!
Connect us!
Watch us!

आयल निगम : मूल्य घट्ने सूचना आफै चुहाउने, अभाव पछि अनुगमनको नाटक, यो अवस्था कहिलेसम्म सरकार ?

अर्थ संसार

विहीबार, १८ असार २०८३, १७ : २४ मा प्रकाशित

आयल निगम : मूल्य घट्ने सूचना आफै चुहाउने, अभाव पछि अनुगमनको नाटक, यो अवस्था कहिलेसम्म सरकार ?

मंगलबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्‍यो । निगमले बुधबार बिहान १ बजेदेखि लागु हुने गरि नयाँ मूल्य सार्वजनिक गरेको थियो । जुन निगमले नियमित रुपमा भारतबाट आएको मूल्य अनुसार मूल्य समायोजन प्रक्रिया थियो । मूल्य समयोजन गर्दा बढेर आउँदा बढ्ने र घटेर आउँदा घट्ने स्वभाविक प्रक्रिया हो । सोही अनुसार यो पटकको समायोजनमा निगमले इन्धनको मूल्य घटायो । 

मंगलबार राति मूल्य सार्वजनिक भयो । भोलिपट्ल बिहान असार १७ गते बुधबार उपत्यकामा इन्धनको हाहाकार नै देखियो । बिहानै देखि निजी पेट्रोल पम्पमा पेट्रोल/डिजेल छैन भन्ने बोर्ड झुण्डीयो । तेल भर्नका लागि पम्पसम्म पुगेका उपभोक्ताहरु मारमा परे । अघिल्लो दिनसम्म सहजै पाइएको तेल रातारात अभाव भयो । त्यो पनि मूल्य बढेकै कारण । यस्तो अवस्था सिर्जना भयो यो पहिलो पटक भने होइन । यस अघि पनि निजी पम्प सञ्चालकहरुले इन्धनको मूल्य घट्ने जानकारी अग्रिम रुपमा लिने र मूल्य सार्वजनिक हुने दिन निगमका डिपोबाट इन्धन नउठाउने गरेकै हुन् । अहिले पनि त्यसैलाइ उनीहरुले फेरि दोहोर्‍याए । उनीहरुले खाली नाफा मात्रै हेरे । आम उपभोक्ताको सास्तीका विषयमा कुनै पनि खाल गरेनन् । निजी पम्प बन्द हुँदा सरकारी पम्पमा इन्धन भर्नेको लाइन लाग्यो । जसले गर्दा धेरै उपभोक्ताहरु समयमा अफिस पुग्न सकेनन् भने अफिसबाट घर पुग्न पनि सकेनन् । 

बिहानै देखि इन्धनको नपाएको प्रहरीको पम्पमा धेरै बेर लाइन बस्दा अफिसको धेरै काम छुटेको एक उपभोक्ताले अर्थसंसारसँग भने । उनले नयाँ सरकार आए पनि पारा भने पुरानै देखिएको गुनासो गरे । यस्ता विषयमा सरकारले कडा भएर प्रस्तुत हुनु पर्ने उनकोभनाइ छ । इन्धनको मूल्य घट्बढ सामान्य प्रक्रिया हो । यो नेपालको पहुँचमा पनि छैन् । त्यसैले गर्दा विदेशमा बढ्दा बढ्ने र घट्दा घट्ने हो । तर, नेपालमा इन्धनको मूल्य घट्दा उपभोक्ताले भने सधै सास्तीनै व्यहोर्नु परेको छ । इन्धनको मूल्य बढेको बेला भने यो समस्या आउँदैन । 

व्यापारिले नाफा त कामाउने हो । तर, कमीसन पनि लिने व्यवसायीहरुले यो विषयमा पनि ध्यान दिनु आवश्यक छ । निगमले बुधबारदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँ मूल्य घटाएको थियो । निजी पम्प बन्द भएपछि काठमाडौंमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको पम्पमा उपभोक्ताको लामो लाइन लाग्यो । मूल्य घटेको दिन पम्पहरू बन्द हुनुको कारण व्यवसायीको नाफामुखी प्रवृत्ति र निगम नेतृत्वको चरम व्यवस्थापकीय अक्षमता देखियो । निमगलाई भन्दा पहिले इन्धनको मूल्य घट्ने र बढ्ने विषय कसरी पम्प संञ्चालकहाँ पुग्छ ? यो गम्भीर प्रश्न हो । पम्पबाट मंगलबार निकै कम मात्रै इन्धन लाड भएकाले समस्या भएको निगमको भनाइ छ । निगमलाई कुन पम्पले इन्धन लोड गरेन भन्ने पनि जानकारी हुन्छ । अनि उनीहरुको स्टकको विषयमा पनि जानकारी हुन्छ । त्यस तर्फ ध्यान दिनु पर्ने आवश्यकता छ । अहिले पुरानाले नगरेकाले नयाँहरु सरकारमा पुगेका छन् । अनि अवस्था भने उही हुने हो भने के फरक भयो र नयाँ र पुरानामा ? 

व्यवसायीको नेचर नै नाफा कमाउने भएकाले मूल्य घट्दा इन्धन लोड नगरेकाले त्यो समस्या आएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरको भनाइ छ । निगम नै व्यवसायीहरुको नेचर हेर्न थालेपछि कसरी उपभोक्ताले सहजता पाउलान र ? उनको यो कुराले त उनीहरुले नै व्यवसायीलाई मूल्य घट्ने र बढ्ने जानकारी दिने गरेको भन्ने शंका गर्ने प्रसस्त ठाउँ दिएको छ । इन्धन नपाउने भनेको इन्धनको अभाव होइन कृतिम रुपमा सिर्जना गरिएको यो कुरालाई सरकारले निरुत्साहित गर्न जरुरी छ । 

केही दिन अघि देखिनै १०/१५ रुपैयाँ मूल्य घट्ने हल्लाका बीच व्यवसायीहरुले पेट्रोल नउठाएका कारणले अहिले बजारमा बुधबार केही अभाव जस्तो देखिएको भए पनि छिट्टै समाधान भएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका वरिष्ठ उपाध्यक्ष चतुर्भुज सरियाले दाबी गरे । तर, उनले दाबी गरेजस्तो छिट्टै भने यो समस्या समाधान भएको थिएन् । बेलुकासम्म पनि धेरै पम्पहरु खुलेका थिएन् । ‘दुई चार रुपैयाँ हुँदा ठिकै हो तर एक पटक २० रुपैयाँ र ३० रुपैयाँ घट्दा व्यवसायीहरुलाई ठूलो घाटा भएको छ । मंगलबार धेरै पम्पले निगमबाट इन्धन लोड नगरेको र बुधबार बिहान मात्रै लोड गर्न जाँदा केही अभाव जस्तो देखिएको हो,’ उनले भने । 

निगमले इन्धनकाे छैन भन्ने पम्पलाइ निलम्बन गरेकाे जनाएकाे छ । तर, कुनकुन हुन निलम्बन हुने भन्ने विवरण भने छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको