अर्थ संसार, काठमाडौं– बुटवल पावर कम्पनीको एफपिओ चैत १४ अर्थात आज बाँडफाँट हुँदै छ ।
विक्री प्रबन्धक एनएमबी क्यापिटलले धितोपत्र बोर्डसँग बुधबारका लागि बाँडफाँट गर्ने समय माग गरिसकेको छ ।
कम्पनीले एफपिओको सबै विवरण धितोपत्र बोर्डमा पठाइसकेको एनएमबी क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गरेको थियो ।
सर्वसाधारणका लागि जारी गरेको यस एफपीओमा निर्धारित अवधिमा सर्वसाधारणले पूर्ण आवेदन नगरेकाले माघ २६ देखि सङ्गठित संस्थाका लागि समेत आवेदन खुला गरिएको थियो ।
यस एफपिओ विक्री प्रबन्धकमा एनएमबी र सह विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस