अथ संसार, काठमाडौँ –बुटवल पावर कम्पनीको एफपीओ आज बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले ८४ हजार आठ सय चार आवेदकलाई २८ लाख ५९ हजार १७० कित्ता एफपीओ बाँडफाँड गरेको जनाएको छ ।
बाँकी रहेको १२ लाख २१ हजार ८३० कित्ता एफपीओ अन्डरराइट(प्रत्याभूतिकर्ता)लाई प्रत्याभूत गरिएको छ ।
एफपिओमा ८५ हजार ६१४ जना आवेदकले २९ लाख दुई हजार २७६ कित्ता एफपिओ माग गरेका थिए जसमा ७५८ जनाको आवेदन रद्ध भएको छ ।
रद्ध भएका आवेदकले ४३ हजार १०६ कित्ता माग गरेका थिए।
बुटवल पावरले प्रिमियम सहित प्रतिकित्ता रु ५०१ मूल्यमा रु २ अर्ब ४ करोड ४५ लाख ८१ हजार बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो ।
कम्पनीले गत माघ १५ गतेदेखि फागुन १५ गतेसम्म एफपीओ निष्कासन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस