अथ संसार, काठमाडौं – सिमेन्ट उत्पादक कम्पनी शिवम सिमेन्टले रु ५२ करोड वरावरको ५२ लाख ८० हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।
सो कम्पनीको आइपिओ निस्काशनका लागि नेपाल धितोपत्र बोर्ड(सेवोन)मा आवेदन दिएको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रुपमा रहेको छ । उत्पादनमुलक समूहमा सिमेन्ट उद्योग क्षेत्रबाट पहिलो कम्पनीले शेयर जारी गर्न लागेको हो ।
कम्पनीले मकवानपुरका स्थानीय बासिन्दाको लागि रु आठ करोड ८० लाख बराबरको आठ लाख ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।
उद्योग प्रभावित क्षेत्र हेटौडाको हटिया लगायतका क्षेत्रका बासिन्दाले शेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले प्रिमियम मूल्यमा शेयर जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । कम्पनीको शेयर प्रतिकित्ता रु ३ सय भन्दा केही बढि हुने भएको हो । स्थानीयलाई अन्य सर्वसाधारणलाई भन्दा कम प्रिमियम लाग्ने बताइएको छ ।
यस्तै ४४ लाख कित्ता अर्थात रु ४४ करोड बराबरको शेयर भने सर्वसाधारणमा बिक्री हुनेछ ।
कम्पनीले जारी गर्ने शेयर सहित चुक्ता पुँजी करिब रु ४ अर्ब ४० करोड रहेको छ ।
कम्पनीले हाल क्षमता बिस्तारपछि दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस