Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार दोहोरो अंकले बढ्यो

विहीबार, १५ चैत्र २०७४, १७ : १६ मा प्रकाशित

सेयर बजार दोहोरो अंकले बढ्यो

अर्थ संसार, काठमाडौँ– निरन्तर ओरालो लाग्दै आएको सेयर बजार आज भने दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो ।

सरकारले मुलुकको आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गर्ने तयारी गरेको र त्यसमा धितोपत्रको विषयसमेत समेटिने खबर सार्वजनिक भएपछि नेप्से परिसूचक उकालो लागेको अनुमान गरिएको छ ।

स्कटका अनुसार आज १६४ कम्पनीको १४ लाख २७ हजार ९८१ कित्ता सेयर रु ३८ करोड ७१ लाख ७८ हजार ४०१ मा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.४ बिन्दुले उकालो लागेर २६०.८८ बिन्दुमा पुगेको छ ।

आज व्यापार र अन्य उपसमूहबाहेक अरु सबै उपसमूहका शेयर उकालो लागेका छन् । व्यापार ३.०४ र अन्य समूहको ०.०३ बिन्दुले ओरालो लाग्दा बैंकिङ १५.७२, होटल ८.०६, विकास बैंक २०.४५, जलविद्युत् ४१.६, वित्त ५.६७, बीमा ६६.३५, उत्पादन १०.२३ र माइक्रोफाइनान्स समूह १९.९९ बिन्दुले उकालो लागेका छन् ।

बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5abcd0e7caa6e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको