Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ओरालो लाग्नुमा कांग्रेसको ठम्म्याई : वाम गठबन्धनले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नाराको प्रभाव

विहीबार, १५ चैत्र २०७४, १७ : ३३ मा प्रकाशित

सेयर बजार ओरालो लाग्नुमा कांग्रेसको  ठम्म्याई :  वाम गठबन्धनले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नाराको प्रभाव

अर्थ संसार, काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ ।

वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला सेयर बजारको अवस्था ओरालो लागेकोप्रति काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला सेयर बजार नियमित ओरालो लाग्नु सुखद् पक्ष नभएको भनी टिप्पणी गर्नुभएको थियो ।

यसअघि बैठकमा काँग्रेस नेता डा रामशरण महतले पनि सेयर बजार ओरालो लागेको सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा आज ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, आङदम्बे र महेन्द्र यादवले आफ्ना धारणा राख्नुभएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

यही चैत ९ गतेदेखि शुरु भएको बैठकमा आजसम्म ३८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखी सक्नुभएको छ । संघीय संसद्लाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्बोधन गर्ने कार्यक्रम भएकाले काँग्रेस बैठक आजका लागि सम्पन्न भएको छ । बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने उहाँले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको