अर्थ संसार, काठमाडौं – रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनलिे साधारण सेयर बाँडफाँडको तयारी गरेका छन् ।
आज शुक्रबार अबेरसम्म ती दुवै कम्पनीको आइपिओ बाँडफाँडको तयारी गरिएको हो ।
बाँडफाँडको समय भने तय नभएपनि आजै अबेरसम्म सेयर बाँडफाँड गरिने दुवै आयोजनाका प्रमुखले जानकारी दिएका छन् ।
रसुवागढी हाइड्रो पावरका प्रमुख माधव कोइरालले सेयर बाँडफाँड आजै हुने बताए ।
यस्तै साञ्जेन हाइड्रो पावरका प्रमुख किरण श्रेष्ठले पनि आजै सेयर बाँडफाँड हुने बताए ।
साञ्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोषका सञ्चार अधिकृृत उद्धव सिल्वालले शेयर बाँडफाँडको तयारी सकिएको बताए ।
सेयर आवेदकको सम्पूर्ण लगत तथा विवरण संकलन भएकाले बाँडफाँडको तयारी गरिएको हो ।
दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई सेयर बिक्री गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस