Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलनमा सहभागी हुन विदेशी लगानीकर्तालाई मन्त्री जोशीको आग्रह

मंगलबार, ०५ पुस २०७३, १५ : ०४ मा प्रकाशित

लगानी सम्मेलनमा सहभागी हुन विदेशी लगानीकर्तालाई मन्त्री जोशीको आग्रह

अर्थ संसार
काठमाडौं–उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनमा हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन विदेशी लगानीकर्तालाई आह्वान गरेका छन् । उद्योग मन्त्रालयले मंगलबार आयोजना गरेको नेपालस्थित विभिन्न देशका राजदूत एवम् कुटनीतिक नियोगका प्रमुखसँगको बैठकमा उनले नीतिगत रुपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको बताए ।

नयाँ संविधान जारी भएसँगै मुलुकका सबै राजनीतिक दलहरुको अवको प्रमुख मुद्दा आर्थिक हो भन्ने विषयमा प्रष्ट रहेको उल्लेख गर्दै मन्त्री जोशीले उद्योग मन्त्रालय अहिले कानुनी रुपमा लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेको बताए ।

उनले त्यसका लागि कतिपय ऐन संसद्बाट पारित भएको र कतिपय आउने क्रममा रहेको जानकारी दिए । त्यसका साथै उद्योग दर्ता प्रक्रियालाई सरलीकृत एवम छरितो बनाइएको उनको भनाइ थियो ।बढीभन्दा बढी रोजगारी सिर्जना गर्न मन्त्रालयले उत्पादनमूलक उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री जोशीले नेपाली र विदेशी लगानीकर्तामा कुनै भेदभाव नगरिने बताए ।

मन्त्री जोशीले अन्तरमन्त्रालयबीचको समन्वयका लागि अहिले उद्योग मन्त्रालयको पहलमा नियमित रुपमा श्रम,भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातारण र कृषि विकासमन्त्रालयबीच सहकार्य गर्दै आएको स्पष्ट पारे ।

छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), जापान, सयुक्त राज्य अमेरिका, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिकलगायले छलफलमा सहभागि थिए । विदेशी कुटनीतिज्ञले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको भन्दै त्यसका लागि सरकारले नीतिगत र राजनीतिक स्थिरताका साथै श्रम ऐनसमेत चाँडो ल्याउन जरुरी रहेको सुझाव दिएका थिए ।

यो पनि पढ्नुहोस्

अरुण कावेलीको सेयर आज बाँडफाँट हुँदै

जाजरकोट पुग्यो धितोपत्र बोर्ड, स्थानीयलाई पूँजीवजारसम्वन्धीे जनचेतना जगाउँदै

रेनोे क्विड तथा डस्टरमा न्यूनतम मासिक किस्ताबन्दी योजना

सगरमाथा इन्स्योरेन्सले पुस २७ गते साधारणसभा गर्ने, २२ प्रतिशत बोसनको प्रस्ताव लैजाँदै

जनता बैंकले ५ दिन थप्यो हकप्रद भर्ने म्याद

चन्द माओवादीको चन्दा आतंक

म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखुँ कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको