Like us!
Follow us!
Connect us!
Watch us!

फागुनमा पूर्वधार शिखर सम्मेलन हुँदै

बुधबार, ०६ पुस २०७३, १७ : २५ मा प्रकाशित

फागुनमा पूर्वधार शिखर सम्मेलन हुँदै

अर्थसंसार
काठमाडौँ–दोस्रो पूर्वधार शिखर सम्मेलन आगामी फागुनमा हुने भएको छ । पूर्वाधारमा लगानी भित्र्याउन काठमाडौँको सोल्टी होटलमा फागुनको ९ र १० गते नेपाल उद्योग परिसंघ (सीएनआई) को अगुवाइमा सम्मेलन हुन लागेको हो । सम्मेलनको सहआयोजकमा सरकार र नेपाली युवा निर्माण व्यवसायी समाज (वाईसीएनसी) समेत छन् ।

यस सम्मेलनको प्रमुख उद्देश्य नेपालको मुख्य आवश्यकतामा प्राईभेट क्षेत्रलाई लगानीको लागि आकर्षित गर्ने हो । यसका साथै  सहज लगानीको लागि बलियो नेटवर्क र सम्बन्ध गाँस्ने वातावरणको सृजना गर्ने र नेपालमा किन लगानी गर्ने भन्ने सम्बन्धमा सचेतना जनाउने पनि कार्यक्रमको उद्देश्य रहेको बुुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिएनआइका अध्यक्ष हरिभक्त शर्माले बताए । ।  पूर्वाधार विकासको क्षेत्रमा रहेका समस्याको उचित समाधान निकाल्न र आगामी दिनमा नयाँ नीति निर्माणका लागि यस सम्मेलनले आवश्यक रचानात्मक सुझाव प्रदान गर्ने आयोजकको दावी छ । 

पूर्वधार शिखर सम्मेलनले पूर्वधार ःएक विहंगम चित्र, निजी र सरकारी संस्थाहरुलाई लगानी गर्दा पर्ने बाधालगतयका विषयमा आफ्नो अनुभव साटासाट गर्ने अवसर प्रदान गर्नेछ । नेपाल बिकासोन्मुख देश भएकाले धेरै पूर्वधारको विकास हुन सकेको छैन । विश्व बैंकका अनुसार नेपालको आम्दानीभन्दा भौतिक पूर्वधारको बिकासमा ८ देखि १२ प्रतिशतको ग्याप रहेको पाईन्छ । निजी क्षेत्रमा लगानी बढाएर सन् २०३० सम्म नेपालले बिकासित मुलुक बनाउने उद्देश्य लिएको छ ।
यसअघि सन् २०१४ मा पहिलो पूर्वधार शिखर सम्मेलन भएको थियो ।

तलको पढ्नु भयो ?

सेयर बजारमा उच्च अंकले गिराबट, नागबेलीका लगानीकर्ताले १० प्रतिशतले कमाए

फूटवेयर उद्योगले फड्को मार्दै [फोटो फिचर]

हिमालयन बैंकको मूल्य समायोजन, कति तोकियो ?

एभरेस्टको ७० प्रतिशत बोनसपछि समायोजित मूल्य १८७६ रुपैयाँ

एक लाख २० हजार अपराधी अझै फरार

पुनर्निर्माणका ११५८ प्राविधिकको सामूहिक राजीनामा​

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको