अर्थ संसार, काठमाडौं– सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट भाषण गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदमा सो आकारको बजेट पेश गरेका हुन् ।
जसमा वैदेशिक ऋण २खर्ब २ अर्ब हुनेछ । बजेटमा सरकारले आगामी आर्थिक वर्षमा ५ लाख व्यक्ति रोजगारीमा आबद्ध हुने पनि विश्वास व्यक्त गरेको छ।
यस्तै सरकारले मुद्रास्फिति ५ दशमल ६ प्रतिशतमा सीमित रहने विश्वास लिएको छ भने आर्थिक बृद्धिदर ८ प्रतिशतको हाराहारीमा पुग्ने पनि विश्वास लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस