अर्थ संसार, काठमाडौं –आगामी आवका लागि सरकारले काठमाडौँ तराई मधेश द्रुतमार्ग निर्माणका लागि रु १५ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।
उक्त बजेटमा नेपाल सरकारको रु ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट रु ९ अर्ब ७५ करोड खर्च गर्ने लक्ष्य राखिएको छ ।
द्रुतमार्ग निर्माण गरिरहेको सेनाले भने आगामी आर्थिक वर्षका लागि काम अघि बढाउन रु ३८ अर्ब बजेट माग गरेको थियो ।
चालु आर्थिक वर्षमा सरकारले आयोजनाका लागि रु १० अर्ब १४ करोड बराबरको रकम छुट्टाएको थियो । तर, सेनाले रु ८ अर्ब ५३ करोड मात्रै खर्च गरिसक्ने जनाएको छ ।
हाल नेपाली सेनाले सो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको छ ।लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।चार वर्षमा पूरा हुने लक्ष्य राखिएको आयोजनाको कुल लागत रु ११५ अर्ब अनुमान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस