Like us!
Follow us!
Connect us!
Watch us!

किसानको ऋण मिनाहा

विहीबार, १७ जेठ २०७५, ०८ : ०७ मा प्रकाशित

किसानको ऋण मिनाहा

अर्थ संसार, काठमाडौं सरकारले तत्कालीन साझा सहकारी संस्थाहरूबाट ऋण लिएका साना किसानहरूको ऋण मिनाहा गरको  छ ।

बजेट वक्तव्यमार्फत साझा सहकारी संस्थाहरूबाट ऋण लिएका साना किसानहरूको ऋण सरकारले मिनाहा गरिदिएकोहो।

‘साना किसानहरूले तत्कालीन साझा सहकारी संस्थाहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरको  छु,’ अर्थमन्त्री युवराज खतिवडालेभने, ‘साना किसान विकास बैंकको कृषि कर्जा कार्यक्रम प्रभावकारी बनाउन संस्थागत सुधार गरिनेछ ।’

साझा सहकारी संस्था ०४८ सालअघि खुलेका संस्था हुन्। कृषिमा पनि खासगरी मल, बीउसँगैस–सानोलगानी गर्ने उद्देश्यले खुलेका ती संस्थाहरूबाट ऋण लिएका साना किसानहरूले ऋण मिनाहा पाएका हुन्।

तत्कालीन समयमा करिब २ हजार ५ सय भन्दा धेरैसंख्यामा यस्ता सहकारी रहेपनि हाल अधिकांश बन्द भइसकेका छन्। ऋण मिनाहा दिने सरकारको नीतिल किसानहरूले कुल करिब १२ देखि १३ अर्ब रुपैयाँ छुट पाउने जनाइएको छ ।

यसरी ऋण मिनाहा गर्ने प्रचलन नयाँ भने होइन । यसअघिका सरकारहरू ऋण र ब्याज मिनाहा गर्दै आएका थिए । यसअघि बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा साना किसान र कृषि विकास बैंकबाट ३० हजारभन्दा कम ऋण लिएका साना किसानको ऋण मिनाहा भएकोथियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको