Like us!
Follow us!
Connect us!
Watch us!

बेलायत पुगेर चन्द्र ढकालले भने–‘नेपालमा लगानी गर्नुस्’

शुक्रबार, १८ जेठ २०७५, ११ : ०६ मा प्रकाशित

बेलायत पुगेर चन्द्र ढकालले भने–‘नेपालमा लगानी गर्नुस्’

अर्थ संसार, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

स्विट्जरल्याण्डको जेनेवामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले कैयौँ नयाँ क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको हो ।

उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरूतर्फ विश्वका लगानीकर्ताको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल रोजगारदाता परिषद्को अध्यक्षसमेत रहनुभएका ढकालले नेपालले श्रमसम्बन्धी कानूनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारको सुनिश्चितता प्राप्त भएको बताउँदै औद्योगिक उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गर्नुभयो ।

श्रमिकको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानूनमा गरिएको पछिल्लो सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पु¥याउने अपेक्षा नेपालका उद्यामीले गरेको उहाँले बताउनुभयो ।

उपाध्यक्ष ढकालले नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थिरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरूको वृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार एंव उत्पादकत्व र आर्थिक वृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको छ भन्नुभयो ।

यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीे प्रवद्र्धन र नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसर सिर्जना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि उहाँले बताउनुभयो ।

उपाध्यक्ष ढकालले आर्थिक वृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भएकाले आर्थिक विकासको प्रतिफल देशको तल्लो तह वा निम्न वर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशीलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रूपान्तरणका लागि सघाउ पु¥याउने विचार व्यक्त गर्नुभयो ।

कुनै पनि देशमा श्रमिक र उनीहरूका संघ संगठनको क्षमता अभिवृद्धि एक महत्वपूर्ण कार्य हो, उहाँले भन्नुभयो, “औद्योगिक विकास, उत्पादकत्व वृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सिर्जनामा यसले सहयोग पुर्याउँछ, त्यसैले यस्तो क्षमता अभिवृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको छ ।”

यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा नेपालले गरेकोे धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा प्रतिनिधि र श्रमिक एंव त्यसका नेताहरू गरी चार हजारभन्दा बढीको सहभागिता रहेको उपाध्यक्ष ढकालले जानकारी दिनुभयो । यही मे २८ देखि जुन ८ गतेसम्म उक्त सत्र सञ्चालन हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको