Like us!
Follow us!
Connect us!
Watch us!

फेरि बढ्यो इन्धन मूल्य, कुनको मूल्य कति ?

आइतबार, २० जेठ २०७५, ०८ : ०२ मा प्रकाशित

फेरि बढ्यो इन्धन मूल्य, कुनको मूल्य कति ?

अर्थ संसार, काठमाडौं - आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको जनाउँदै निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

निगमका प्रवक्तँ वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्य समायोजन गर्दा प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ र हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ बढेकोछ ।

‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको हो,’ प्रवक्ता गोइतलेभने, ‘नयँ“ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।’

मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलकोमूल्य १ सय १३ रुपैयाँ“, डिजेल र मट्टितेल प्रतिलिटर ९५/९५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर पेट्रोल १ सय १० रुपैयाँ, डिजेल ९२ रुपैयाँ र मट्टितेल ९२ रुपैया“ थियो। हवाई इन्धन
आन्तरिकतर्फ प्रतिलिटर १ सय रुपैयाँ पुगेको छ ।

यसअघि प्रतिलिटर ९५ रुपैयाँ थियो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५९ पैसा नोक्सान रहेकोप्रवक्ता गोइतलेबताए । डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४९ पैसा घाटा रहेकोउनकोदाबी छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको
छ । एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । नयाँ मूल्य समायोजनपछि  निगमको अर्धमासिक घाटा १८ करोड ६२ लाख रुपैयाँ छ ।

आयल निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरको  थियो। स्वचालित मूल्यअनुसार आईओसीले१ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ। सोहीअनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको