अर्थ संसार, काठमाडौँ– देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ ।
मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज एक विज्ञप्तिमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै आएको वर्तमान सरकारले पेट्रोलियम पदार्थको पाँचौँपटक मूल्य वृद्धि गरेको जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असरले चौतर्फीरुपमा बढेको महँगी नागरिकका लागि थेगी नसक्नु भएको भन्दै मोर्चाले उपभोग्य वस्तुमा बढेको महँगी घटाउन तुरुन्त कदम चाल्न सरकारसँग माग गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस