Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपमा कसले कति रकम पुरस्कार पाउँछ ?

मंगलबार, २२ जेठ २०७५, १५ : २३ मा प्रकाशित

विश्वकपमा कसले कति रकम पुरस्कार पाउँछ ?

अर्थ संसार, काठमाडौं– फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले आगामी विश्वकपमा दिइने पुरस्कार राशी ४० करोड अमेरिकी डलर अर्थात ४३ अर्ब भन्दा बढी नेपाली रूपैयाँ रहेको छ। यो सन् २०१४ को ब्राजिल विश्वकपको तुलनामा १२ प्रतिशतले बढी हो।

ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले ३५ मिलियन अमेरिकी डलर पाएको थियो। यो पटक विजेताले ३८ मिलियन अमेरिकी डलर अर्थात ४ अर्ब भन्दा बढी नेपाली रकम पाउनेछन्।

त्यसैगरी उप–विजेताले २८ मिलियन डलर पाउनेछन्। यसअघि ब्राजिल विश्वकपको उपविजेता अर्जेन्टिनाले २५ मिलियन अमेरिकी डलर पाएको थियो।

यस्तै तेस्रो हुनेले २४ मिलियन अमेरिकी डलर तथा चौथो हुनेले २२ मिलियन अमेरिकी डलर पाउने छन्। यस्तै क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६/१६ मिलियन डलरका दरले पुरस्कार पाउनेछन्। प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिमले १२(१२ मिलियन अमेरिकी डलरका दरले पाउनेछन् भने यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८/८ मिलियन पाउनेछ्न।

आयोजक रसियासहित ३२ राष्ट्रले आगामी जेठ ३१ गतेदेखि असार ३० सम्म प्रतिस्पर्धामा उत्रनेछन्। एजेन्सी

यो पनि पढ्नुहोस्

विश्वकपमा तपाईको समर्थक टिम कुन ? यस्तो छ नेपाली समय अनुसार खेल तालिका 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको