Like us!
Follow us!
Connect us!
Watch us!

८३ सहकारी फरार, सर्वसाधारणको करोडौं झ्वाम्म !

विहीबार, २४ जेठ २०७५, ०८ : २७ मा प्रकाशित

८३ सहकारी फरार, सर्वसाधारणको करोडौं झ्वाम्म  !

अर्थ संसार, काठमाडौं– सर्वसाधारणको सम्पत्ति कुम्ल्याएर सहकारी संस्था भाग्नेक्रम अझैरोकिएकोछैन । फितलोनियमन रसंस्थागत सुशासनको अभावमा सहकारी संस्था समस्याग्रस्त हुनेर भाग्नेक्रम नरोकिएको हो।

हाल मुलुकभरबाट ८३ वटा सहकारी संस्था फरार रहेको सहकारी विभागकोतथ्यांक छ । ती संस्थामा सर्वसाधारणको कति रकम डुबेकोछ भन्नेयकिन तथ्यांक नभए पनि अर्बौ रुपैयाँ फसेको हुन सक्ने अनुमान छ ।

फरार सहकारीमध्येबहुसंख्यक बचत तथा ऋण छन्। तीमध्ये केही बहुउद्देश्यीय सहकारी पनि छन्। बहुउद्देश्यीय भए पनि ती संस्थालेबचत तथा ऋणकै कारोबार गर्दै आएको विभागले जनाएकोछ ।

 कुन जिलामा कति ?

फरार सहकारीमध्ये सबै भन्दा धेरैकाठमाडौं र ललितपुर जिल्लाका छन्। जसमध्ये काठमाडौंका ४५ वटा र ललितपुरका १३ वटा सहकारी संस्था फरार भएका छन्। यसैगरी कास्कीमा ४, बाँकेमा ५,  कैलाली र रूपन्देहीमा ६/६,  सलार्हीमा २, भक्तपुर र तनहुँमा १/१ सहकारी संस्था फरार रहेकोसहकारी विभागले बताएकोछ ।

तर, ती सबै संस्थाहरूबाट सर्वसाधारणको कति रकम डुबेकोछ भन्नेयकिन तथ्यांक विभाग रमन्त्रालयसँग छैन । यद्यपि काठमाडौं जिल्लाबाट फरार सहकारीहरूले मात्र सर्वसाधारणको ७ करोड ५५ लाख रुपैयाँ र रूपन्देही जिल्लाबाट फरार सहकारीमा ४ करोड ६६ लाख रुपैयाँ हिनामिना भएको विभागको तथ्यांक छ ।

संख्याको आधारमा समस्याग्रस्त र फरार सहकारी   संस्था धेरैदेखिए पनि पछिल्लो समयमा घटदैगएको विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीले
बताए ।मुलुकभर सञ्चालित साढे ३४ हजार सहकारी संस्थामध्ये सबैभन्दा बढी १३ हजार ५ सय ७८ वटा बचत तथा ऋण सहकारी संस्था छन्। योकुल सहकारी संस्थाको ३९.३४ प्रतिशत हो।

तीमध्ये केही लेसहकारी सिद्धान्तअनुसार कारोबार गरे पनि अधिकांश संस्थाले सहकारीको मर्मविपरीत काम गर्दै आएका छन्। दर्जनौं बचत तथा ऋण सहकारी संस्था सदस्यको ठूलो रकम कुम्ल्याएर भागेका उदाहरणहरू हामीसामु छन्।

ती संस्थाबाट पीडित सदस्यहरूलाई न्याय दिलाउन न त सरकार तातेकोछ न त सहकारी अभियन्ता । यसकारण सदस्यको सम्पत्तिको सुरक्षा गर्ने सवालमा सहकारी अक्षम रहेको भन्दैसंस्थाको आलोचना हुँदै आएकोछ । यसकोमार समग्र सहकारी क्षेत्रमा परेकोविज्ञहरू बताउँछन्।

करिब ५ वर्षअघि कार्कीको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनले तत्कालीन समयमा १ सय ३० वटा सहकारी संस्था समस्याग्रस्त रहेको देखाएकोछ ।

ती संस्थामा सर्वसाधारणको ९ अर्ब १ करोड साँवा र त्यसको ब्याज गरी ११ अर्ब ४१ करोड १४ लाख रुपैयाँ उठ्न बाँकी रहेको औंल्याइएको थियो। दाबी रकममध्ये अधिकांश रकम फिर्ता भएकोछैन ।

‘त्यसमध्येगुण सहकारीलगायतले सर्वसाधारणकोकेही रकम फिर्ता गरेका छन्,’ कार्कीलेभने, ‘बाँकी सहकारीलेकेगरेका छन् ? त्यो थाहा भएन ।’ त्यतिबेला एउटै व्यक्तिको १९ करोड रुपैयाँभन्दा बढी फसेकोउजुरी प्राप्त भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो तथ्यांक अनुसार हाल सहकारी संस्थालेकरिब ३ खर्ब रुपैयाँ बचत परिचालन गरेका छन्। सोही अवधिमा ती संस्थाहरूकोऋण प्रवाह २ खर्ब ७४ अर्ब रुपैयाँ छ । यसैगरी गत आर्थिक वर्ष (०७३/७४ मा) सहकारी संस्थालेवार्षिक साढे ६ खर्ब बराबरकोकारोबार गरेका छन्। पाँच वर्षअघि (०६९/७० मा) यस्तोकारोबार ३ खर्ब २५ अर्ब रुपैया“ रहेकोसाविकको सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको