अर्थ संसार, काठमाडौं– आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका विषय कार्यान्वयनका लागि असार १५ सम्ममा कार्य योजना सूची पेश गर्न सबै मन्त्रालयका सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरुलाई बोलाई प्रधानमन्त्री असार १५ गतेभित्र नै योजन पेरी सगरी नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गते देखि नै पूर्णरुपमा बजेटको कार्यक्रम कार्यान्वयन हुने तयारी गर्न निर्देशन दिएका हुन् ।
विकासमा नयाँ दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने भएकाले हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने ? भनेर आगामी असार १५ गते भित्रमा ठोस कार्यक्रम र योजना ल्याउन समेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् । असार २५ गते ती कार्यक्रम र योजनाका बिषयमा छलफल गरेर साउन १ गते देखि नै कार्यान्वयनको चरणमा लैजान प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस